Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5845 - 5850 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-05-25, बुधवार

फिल्म बनाउने मेशिनको रुपमा चिनिएका मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्म ‘वर एन्ड बधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’को परिचय गराइयो । लभस्टोरी कथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्मचार्यको जोडी बाँधिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-05-25, बुधवार

७ वर्ष अगाडि निर्माण भएको फिल्म ‘दोख’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अगामी असार २४ गते (जुलाई ८) लाई प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मले द्वन्द्वकालिन समयको कथालाई उठान गरेको पोस्टरले बुझाउँछ । गत वर्षको बैशाखमा सार्वजनिक गरिएको फिल्मको ‘रातैले बुन्छ’ गीतले ठूलो चर्चा र प्रशंसा बटुलेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-25, बुधवार

फिचर फिल्मको लम्बाईमा नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त गरियो । फिल्मको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । फिल्ममा उनीहरुको जोडी बाँधिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-05-25, बुधवार

यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर फिल्म ‘कबड्डी ४’ले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्ने देखिएको छ । सोमवारबाट मल्टीप्लेक्सहरुमा खोलिएको एड्भान्स बुकिङमा फिल्मको टिकट आँधी झैं विक्री भइरहेको छ । टिकट विक्रीको अनुपात हेर्दा रिलिजको अघिल्लो दिनसम्म काठमाडौंका मल्टीप्लेक्सहरुमा फिल्मको टिकट अभाव हुने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-05-24, मंगलवार

जेठ १४ गते शनिवार काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको बलिउड सुपरस्टार सलमान खानको कन्सर्ट दोस्रो पटक पनि स्थगन भएको छ । यसअघि सन् २०१८ मा सुरक्षाको कारण देखाउँदै रोकिएको ‘द ब्याङ रिलोडेड टुर’ कार्यक्रम यसपटक स्थानीय चुनावका कारण अपेक्षाकृत टिकट विक्री नभएपछि आयोजक संस्था ओडिसीले तत्काललाई कन्सर्ट स्थगित गर्ने निर्णय गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-24, मंगलवार

चार वर्ष अगाडि जितेन्द्र राजोपाध्यायको निर्देशनमा तयार भएको फिल्म ‘घनचक्कर’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असार १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा एक केटीका लागि दुई पुरुष पात्रबीचको घम्साघम्सी र पैसा कमाउन गलत काममा होमिने पात्रहरुको कथालाई देखाइएको छ ।

Results : 5845 - 5850 of 24027
Most Visited News (monthly)