Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5677 - 5682 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-07-01, शुक्रवार

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ आगामी भदौ २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनाको कथा बोल्छ । तर, जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै अवरोधले उनको सपना भताभुंग हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-01, शुक्रवार

कोरोना महामारी मत्थर भएर नियमित रुपमा सिनेमा हलहरु सञ्चालन हुन थालेपछि कोरोनाले रोकिएका र नयाँ निर्माण भएका फिल्महरुले धमाधम प्रदर्शन मिति घोषणा गरिरहेका छन् । आगामी भदौंदेखि कुनै पनि साना-ठूला नेपाली फिल्मले सोलो रिलिजको अवसर पाउने सम्भावना न्यून देखिएको छ । एकै मितिमा दुईभन्दा बढी फिल्मले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-07-01, शुक्रवार

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि लबिङ गर्न नेपाली कांग्रेसका सदस्य तथा अभिनेता भुवन केसी शक्तिकेन्द्र धाइरहँदा उनका समकालीन अभिनेता राजेश हमाल भने राजनीतिक भेटघाटमा जुटेका छन् । उनले शुक्रवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2022-06-30, बिहिवार

निर्देशकदेखि कलाकारसम्म हेरफेर गर्दै फिल्म ‘प्रसाद २’को निर्माण घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ‘कास्ट एन्ड क्रियू’लाई चिनाइयो । पहिला सौरभ चौधरीले निर्देशन गर्ने पक्का भएको फिल्मलाई अब सुदर्शन थापाले निर्देशन गर्दैछन् भने मुख्य भूमिकामा अनुबन्ध भएका निश्चल बस्नेत बाहिरिएपछि उनको ठाउँमा अर्पण थापालाई लिइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-06-30, बिहिवार

फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएदेखि नै चर्चामा रहेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार यूट्युबमार्फत् सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । गायन, संगीत र शब्दको उत्कृष्ट संयोजनले गीत कर्णप्रिय बनेको छ । गीतका शब्दहरु अत्यन्त मनछुने छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-06-30, बिहिवार

फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले ६२ जना फिल्मकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीवार बोर्डको २२औं वार्षिकत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फिल्मकर्मीहरुलाई परिचयपत्र वितरण गरेका हुन् । यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको थियो ।

Results : 5677 - 5682 of 24027
Most Visited News (monthly)