Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7549 - 7554 of 24295
फिल्मीखबर, काठमाडौं, 2021-03-24, बुधवार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न आग्रह गरेसँगै यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । निर्देशक तथा निर्माता मुकुन्द भट्टले अब निर्धारित मितिमा फिल्म प्रदर्शन नहुने जानकारी दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2021-03-24, बुधवार

अभिनेता भुवन केसीका लागि विवाद र स्क्यान्डल पर्यायजस्तै मानिन्छ । एक समय विभिन्न अभिनेत्री तथा महिलासँगको सम्बन्धका कारण चर्चा र विवादमा रहने गरेका उनलाई नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका छन् । कुनै बखतकी चर्चित अभिनेत्री सारङ्गा श्रेष्ठले भनेकी थिइन्, ‘फिल्म इन्डस्ट्रीमा भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’

फिल्मीखबर, काठमाण्डौ, 2021-03-24, बुधवार

निर्माणको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’ का लागि मुख्य कलाकारहरु अडिसनबाट छनोट गरिएको छ । गएको फागुन २५ गते थापागाउँमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा भएको अडिसनमा सहभागीमध्ये राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र बालकलाकार आयुषी ढकाललाई निर्माण टिमले फिल्ममा अनुबन्ध गरेको हो । प्रशान्त र सुप्रिया टिकटकका चर्चित अनुहार हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-24, बुधवार

हलिउड र बलिउडमा ठूला स्टारलाई लिएर फिल्महरु बनिरहेका हुन्छन् । स्टारडम भएका कलाकारहरु एउटै फिल्ममा भए दर्शकको राम्रो साथ मिल्ने विश्वास फिल्मकर्मीमा छ । नेपालमा पनि मल्टीस्टारर फिल्म उल्लेख्य संख्यामा बनेका छन् । तर, युवापुस्तामा राम्रो क्रेज बनाएका पछिल्ला छिमलका स्टार कलाकारलाई एउटै फिल्ममा उतार्न भने कमै निर्देशक सफल छन् ।

एजेन्सी, मुम्बई, 2021-03-23, मंगलवार

बलिउड अभिनेत्री कंगाना रनावतको ३४औं जन्मदिनको अवसरमा मंगलवार फिल्म ‘थलाइवी’ को ट्रेलर रिलिज गरिएको छ । अभिनेत्री तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वं. जयललिताको जीवनीमा आधारित भएर बनेको फिल्मको ट्रेलरमा उनको अभिनय करिअरदेखि राजनीतिमा प्रवेश गरेपछि आएका उतार-चढाव देखाइएको छ । ३ मिनेट २३ सेकेण्डको ट्रेलर दमदार बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-23, मंगलवार

कोरोना भाइरसका कारण ९ महिना फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकार बेरोजगार भएका थिए । महिनौंसम्म घरभित्र नजरबन्दको जीवन गुजारेका कलाकारहरु दशैंदेखि फिल्म वा म्यूजिक भिडियोको छायांकनमा भ्याइनभ्याइ हुन थालेका छन् । सरकारले फिल्म क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै केही कलाकारले फिल्मको छायांकन समेत पूरा गरिसकेका छन् ।

Results : 7549 - 7554 of 24295