
नेपाल चलचित्र संघले यही असोज २१ गते घटस्थापनाबाट देशभरका सिनेमा हल खुलाउने निर्णय गरेसँगै निर्माण सकेर बसेका र छायांकनरत फिल्मले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच, गत एक हप्तादेखि उपत्यकामा छायांकन भइरहेको फिल्म ‘अञ्जली’ आउँदो मंसिरमा प्रदर्शन हुने भएको छ । छायांकन पूरा भएपछि प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

कोरोनाका कारण विगत १८ महिनादेखि फिल्म प्रदर्शन ठप्प छ । जसले गर्दा निर्माण सकेर बसेका दर्जनौं फिल्ममाथि भएको लगानी फ्रिज भएको छ भने हल व्यवसायीहरुले लाखौंको घाटा बेहोर्नुपरेको छ । हल नचले पनि मल्टीप्लेक्सको महिनामा १० लाख र सिंगल थिएटरको डेढ लाख बढी खर्च हुने गर्छ । कोरोनाले निर्मातालाई मात्र नभइ हलवालालाई पनि नराम्रोसँग थलाएको छ ।

निर्माण पूरा भएर बसेका बलिउडका कयौं फिल्म कोभिडका कारण रिलिज हुन पाएका छैनन् । शनिवार भारतको महाराष्ट्र सरकारले अक्टोबर २२ बाट सिनेमा हल खोल्न अनुमति दिएपछि निर्माताबीच फिल्मको रिलिज डेट घोषणा गर्न हानाथाप भएको छ । शनिवार र आइतवारसम्म बलिउडका झन्डै ३० बढी फिल्मले रिलिज डेट लक गरेका छन् । यो क्रम अझै रोकिएको छैन ।

प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले एकसाथ अभिनय गरेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक तथा निर्माता सुर्वण थापाले आइतवार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फर्स्टलुकमा सृष्टि मात्र फिचर छिन् । आधा टाउको ढाक्ने गरी लामो पछ्यौरी लगाएकी उनी निकै गम्भीर र चिन्तित मुद्रामा देखिएकी छन् ।

कोरोना महामारीले संसारमै यदी कुनै व्यवसायलाई चौपट बनाएको छ भने त्यो फिल्म उद्योग हो । कोरोनाका कारण हलिउड र बलिउड जस्ता संसारका ठूला फिल्म उद्योगहरु महिनौंसम्म बन्द भए । नेपालको फिल्म इन्डस्ट्रीलाई त कोरोनाले १० वर्ष पछाडि धकलेको छ । पछिल्लो समय संक्रमण केही मत्थर हुँदै गएपछि विश्वको फिल्म उद्योग आफ्नो लय समात्न संघर्ष गरिरहेको छ ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेका सिनेमा हललाई गत महिना जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु बन्दै छन् । हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघले लामो समयदेखि निरन्तर फिल्म रिलिजका लागि लाइनअप बनाउन विभिन्न पक्षसँग छलफल गरेपनि उपलब्धि ‘हातमा लाग्यो शून्य झैँ’ भएको छ ।

