Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6415 - 6420 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-12-23, बिहिवार

फिल्म र म्यूजिक भिडियोको कामले गर्दा प्रायः व्यस्त रहने अभिनेत्री वर्षा सिवाकोटीले घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ आफूले समय र लोकेशन हेरेर गर्ने गरेको बताएकी छन् । बुधवार मिलनचोक टोखामा नेपालकै सबैभन्दा ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ को नयाँ आउटलेट उद्घाटन गर्दै उनले घरका लागि ग्रोसरी सपिङ आफूले भन्दा आमाले बढी गर्ने गरेको बताइन् ।

फिल्मीखबर, काठमाडौं, 2021-12-23, बिहिवार

उदय सुब्बाको निर्देशनमा बनेको फिल्म ‘आकासे खेती’ को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आउँदो फागुन २७ गतेलाई प्रदर्शन मिति तोक्दै बिहीवार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा फिल्मका कलाकारहरु गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2021-12-23, बिहिवार

‘मेरो एउटा साथी छ, इन्टु मिन्टु लण्डनमा’ जस्ता सफल फिल्मको निर्माण गरिसकेको आइकोर फिल्म्सले विदेशी फिल्मको नेपाल वितरण सुरु गरेको छ । कम्पनीले वितरण गर्ने पहिलो हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ यही शुक्रवारबाट मल्टीप्लेक्सहरुमा प्रदर्शन हुँदैछ । कम्पनीले बुधवार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणसँगै अब वितरणलाई पनि निरन्तरता दिने उल्लेख गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-12-23, बिहिवार

नेपालमा कलाकारहरुले तीन चरणमा पारिश्रमिक पाउने गरेका छन् । फिल्म साइन गरेपछि पहिलो चरणको, छायांकन सकिएपछि दोस्रो चरणको र डबिङ सकिएपछि अन्तिम चरणको पारिश्रमिक पाउँछन् । तर, प्रायः कलाकारहरुले पहिलो चरणबाहेक अरु पारिश्रमिक पाउन निर्मातासँग युद्ध नै लड्नु पर्छ । पारिश्रमिक लेनदेनको विषयले निर्माता र कलाकारबीच बोलचाल समेत हुँदैन । 

फिल्मीखबर, काठमाडौं, 2021-12-23, बिहिवार

सिनेमा घरहरुमा नियमित रुपमा फिल्महरु प्रदर्शन हुन थालेसँगै यूट्युबमा पनि फिल्म रिलिज हुने क्रम बढेको छ । यसै महिना ‘यात्रा, लम्फू, घामड शेरे, कबड्डी कबड्डी कबड्डी, हजार जुनीसम्म’ लगायतका फिल्म यूट्युबमा सार्वजनिक भए । बक्सअफिसमा पानी भन्न नपाएका फिल्म हुन् वा निर्माताले बोराभरी पैसा खाँदेका फिल्म, सबैले यूट्युबमा दर्शकको उल्लेख्य साथ पाएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-12-22, बुधवार

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर यही पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको एकल स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा फिल्मका केही डरलाग्दा दृश्य समावेश गरिएको छ । 

Results : 6415 - 6420 of 24027
Most Visited News (monthly)