मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो जित निश्चित छ : रक्षा सिंह

फिल्मीखबर, , 2010/11/13

कार्यक्रम 'सिनेलहर' बाट सम्पादन क्षेत्रमा लागेकी पहिलो महिला सम्पादक रक्षा सिंह नेपालको दोस्रो चलचित्र निर्देशक हुन् । झन्डै ८ वर्षअघि दयाराम दाहाल निर्देशित चलचित्र 'इज्जत' बाट फिल्मी सम्पादक बनेकी रक्षाले त्यपछि करिब ३ दर्जन चलचित्रको सम्पादन गरिन् । १२ बर्ष देखि सम्पादनमा लागेर राम्रो अनुभव बटुलेकी रक्षा अब दक्ष निर्देशक बन्ने सुरमा छिन् । उनले भर्खरै मात्र निर्देशन गरेको चलचित्र 'द गेम' प्रदर्शनको तयारीमा छ । जीवनको तेस्रो दशकमा पाइला टेकेकी तिनै सिर्जनशील र साहसी महिला रक्षा सिंहसँग फिल्मीखबरको अन्तर्रङ्ग प्रस्तुत गर्दैछौं ।

 

निर्देशक बन्ने रहर कि सपना ?
सानै देखि नै म चलचित्र प्रेमी मान्छे हुँ । यो क्षेत्रमा लाग्ने ठूलो सपना थियो । त्यो सपना पूरागर्न १२ बर्ष अगाडी म सम्पादक बनें र १२ बर्षको सम्पादन अनुभव पछि चलचित्र निर्देशन गर्न सक्छु भन्ने लागेर मैले 'द गेम' निर्देशन गरें । आज यहि चलचित्रले मेरो सपना साकार पारिदियो ।


कत्तिको गार्‍हो हुँदो रहेछ त निर्देशक बन्न ?
बाहिरबाट हेर्दा मैले जति सोचेकी थिएँ त्यो भन्दा गार्हो काम रहेछ निर्देशक बन्नु ।


सम्पादक बन्न सजिलो कि निर्देशक ?
काम त सबै आ-आफ्नै ठाउँमा गार्हो नै हुन्छ । तर पनि तुलनात्मक रूपले हेर्ने हो भने निर्देशक बन्न निकै गार्हो हुने रहेछ । एसी भएको कोठामा बसेर काम गर्दा र बाहिर फिल्डमा ५०-६० जनाको कमाण्डर भएर काम गर्दाको राम्रो अनुभव बटुलें ।

आफ्नो कामबाट कति % सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट हुने हो भने पछिल्ला कामहरू गर्न गार्‍हो हुन्छ र पनि आफूले गरेका गल्तीहरू मनन गर्दै मैले ८० % काम राम्रो गरेकी छु ।

अब तपाईको परिचय सम्पादक कि निर्देशक ?
मैले जुन क्षेत्रमा राम्रो काम गर्न सक्छु त्यो नै मेरो परिचय हुनेछ । अहिले नै मैले आफ्नो परिचय यो नै भनेर किटान गर्न  सक्ने अवस्था छैन ।
 

'द गेम' को अर्थ ?
मानिसले जीवनमा जानेर नजानेर थुप्रै गेम खेलिरहेको हुन्छ । त्यही जानेर नजानेर खेलिएको खेल नै 'द गेम' हो ।

तपाईले यो चलचित्र बनाउने खेल जानेर खेलेको कि नजानी खेलेको ?
खेल नजानी खेल्दा हारिन्छ तर म यो खेल हार्दिन । मैले खेलेको खेलको जित निश्चित छ ।
 

सम्पादकबाट निर्देशक बन्नु भयो । तर श्रीमानलाई नै नायक लिनु भयो नि !
नेपालमा निर्माता निर्देशकले आफ्नी श्रीमतीलाई नायिका बनाउछन् भने मैले आफ्नो श्रीमानलाई नायक बनाउनु ठूलो कुरा हैन । अभिनय गर्न नजान्ने त नायिका बन्छन् उहाँ त राम्रो कलाकार हुनुहुन्छ । अर्को कुरा मेरो कथासँग उहाँ म्याच हुनुभएको छ र कथालाई न्याय पनि गर्नु भएको छ ।

तपाईंको चलचित्र कहिले हेर्न पाइन्छ त ?
मन त सक्दो छिटो देखाउने थियो तर चलचित्र क्षेत्र भित्रको राजनितीले गर्दा कहिले रिलिज हुन्छ भन्न सकिन्न । सायद फाल्गुन सम्ममा रिलिज होला । तर त्यो भन्दा पहिला झापा, पोखरा, काठमाण्डौमा च्यारिटी गर्छु र अष्ट्रेलिया, अमेरिका, हङकङ सहित खाडीमुलुकहरूमा प्रदर्शन गर्दैछु ।

अन्तमा ?
मेरो काम हेरेर त्यसको उचित मूल्याङ्कन गर्दै आगामी दिनहरूमा मलाई राम्रो काम गर्न हौसला प्रदान गरिदिनु होला र नेपाली चलचित्र हेर्ने बानि बसाल्नु होला ।