मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेजिनालाई नजिस्काउनु होला !

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/04

सायद कतै सपिङमा जादै गर्दा वा रेष्टुरामा खाजा खादै गर्दा  अकस्मात ग्ल्यामर हिरोइन रेजिना उप्रेतीलाई देखेरे जिस्काउने प्रयास गर्नु हुन्छ होला  तर सावधान ! रेजिनालाई नजिस्काउनु होला । किन कि उनले महिनौ लगाएर मार्सल आर्ट सिकेको आफ्नो कलालाई प्रयोग गरि तपाईलाई त्यही खुत्रुक्क बनाउलिन् ।

मार्सल आर्ट मात्र हैन उनले घोडा समेत राम्री कुदाउन सक्छिन् । सायद पत्याउनु भएन होला तर उनको त्यो कुरालाई स्वयम मिडिया  र चलचित्रकर्मीले नपत्याए पछी रेजिना बाध्य भइन् र मंगलबार एक कार्यक्रममा उनले आफूले गरेका स्टण्डका केही दृश्य समेत मिडियालाई स-प्रमाण देखाएकी छिन् ।  कलाकार भएपछी कथाले मागे अनुसारको हरेक दृश्य दिन निपूण हुनुपर्छ चाहे त्यो गाडी हाक्ने कुरा होस वा बाईक उडाउने वा घोडा कुदाउने नै किन नहोस् । नायिका रेजिना उप्रेती यि सबै कुरामा पोख्न समेत बनेकी छिन् । 



सलोन फिल्मस प्रालिको ब्यानरमा  आगामी पौष ३० गते देखि देशब्यापी प्रदर्शनमा आउन लागेको सोभित बस्नेत निर्देशित चलचित्र चिनोमा रेजिनाले एक शसक्त नारीको भूमिका निर्वाह गरेकी छिन् । कथाले मागे अनुसार हेलिक्प्टरबाट झर्ने, स्टेचिक गर्ने लगायतका मार्सल आर्टका रियल स्टण्डहरू उनले सो फिल्ममा देखाएको निर्माण पक्षले दाबी  समेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै सो चलचित्रका निर्देशक सोभित बस्नेतले प्रोमो र पोष्टरमा  रेजिनाले गरेका स्टण्डहरू कसैले नपत्याए पछी यसरी मिडियाकै अगाडी स्टण्ड गर्न बाध्य भएको बताए ।  रेजिनाले पत्रकार सम्मेलनमै स्टेचिक स्टण्ड र अर्को एक स्टण्ड दिएकी थिईन् ।



सायद यसरी महिला भएर प्रत्यक्ष स्टण्ड दिने रेजिना नै पहिलो नेपाली हिरोइन हुन पर्छ । रेजिनाले चिनोमा  गरेको स्टण्डका केही तस्बिरहरू केही समय अघि  फेसबुकमा राखेकी  थिईन् र लगत्तै उनका स्टण्ड सहितका ती तस्बिरहरूलाई  अर्की नायिका नन्दिता केसी लगातयले अचम्म मान्दै वधाई कमेन्ट समेत गरेका थिए  ।

 

यति मात्र हैन झण्डै तीन दशक यता द्धन्द पेशामा रहेका राजेन्द्र खड्गीले समेत रेजिनाको स्टण्डबाट अच्चम भएको पत्रकार सम्मेलनमा बताए । उनले भने  'मैले त यस्तो सोचेकै थिईन् जव उ स्पटमा मार्सल आर्ट गर्दै आयो म त छक्क परे ।'  यसरी बहादुरीका साथ रेजिना जस्तो स्टण्ड गर्ने  नायिका आफ्नो जीवनकालमै नदेखेको सो चलचित्रका मुख्य कलाकार साथै द्धन्द निर्देशक समेत रहेका खड्गीले दाबीका साथ भनेका छन्   । खड्गी सो चलचित्रमा तेस्रो लिङ्गी बनेर भिलेनको रूपमा अभिनय गरेका छन् ।

धिरेन शाक्य, विराज भट्ट, रमित ढुङ्गाना समेत मुख्य भूमिकामा रहेको उक्त चलचित्रमा शम्भुजीत बास्कोटाको संगीत समावेश गरिएको छ । शिव विकको नृत्य, शम्भु सापकोटाको छायाकंन रहेको उक्त चलचित्रलाई सोभित बस्नेतको जीवनकै उत्कृष्ट फिल्म भएको बताईएको छ ।  एबी म्यूजिक प्रालिले प्रस्तुत गरेको सो चलचित्रका  निर्माता सोभित बस्नेत र अजय कुमार दली हुन् ।