मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Jiwan Parajuli

( Writer, Journalist )
फिल्मीखबर, , २०७९ आश्विन १३, बुधवार

बरिष्ठ कलाकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप-कुलपति हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकिकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा आयोजित ‘विजया दशमी २०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम’मा उनले कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्नु रहेको धारणा राखे ।

फिल्मीखबर, , २०७८ चैत्र ९, मंगलवार

एक समय नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, तृप्ति नाडकर । फिल्म ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले यसपछि करिअर फर्केर हेर्नु परेन । ‘साइनो’, ‘कुशुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’ जस्ता यादगार फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक २०७० सालमा फिल्म ‘मानव’मा देखिएकी थिइन् । तर, यो फिल्मको असफलतापछि उनी ठूलो पर्दाबाट हराएकी छन् । 

फिल्मीखबर, , २०७८ चैत्र ९, मंगलवार

देशमा माओवादी जनयुद्ध चर्किँरहेको समयमा अभिनेत्री करिश्मा मानन्धरका श्रीमान् तथा निर्माता विनोद मानन्धरले निर्माण गरेको फिल्म ‘बाबु साहेब’ प्रदर्शनमा आएको थियो । जनयुद्धको त्रासले हलमा दर्शक आउन छाडिसकेका थिए । ‘बाबु साहेब’ले पनि दर्शकको साथ पाउन सकेन । ठूलो लगानीमा बनाएको फिल्म नचलेपछि करिश्मा निराश भएर सन् २००३ मा अमेरिका उडिन् । 

फिल्मीखबर, , २०७८ चैत्र ६, शनिवार

नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । 

फिल्मीखबर डटकम, , २०७८ भाद्र ५, शनिवार

नेपालमा म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठन स्वरुप गठन गरिएको ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को प्रेस सल्लाहकारमा रंग पत्रकार जीवन पराजुली नियुक्त भएका छन् । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले उनलाई नियुक्त गरी शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमा प्रमाणपत्र प्रदान गरेको छ ।

Results : 1 - 5 of 13
CELEBRITY TWEETS » Click here to Follow us