मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.56/5.00)
Text size:-
+
-

‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को प्रेस सल्लाहकारमा पत्रकार पराजुली नियुक्त

फिल्मीखबर डटकम, काठमाडौं, 2021/08/21
काठमाण्डौ। नेपालमा म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठन स्वरुप गठन गरिएको ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को प्रेस सल्लाहकारमा रंग पत्रकार जिवन पराजुली नियुक्त भएका छन् । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले उनलाई नियुक्त गरी शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमा प्रमाणपत्र प्रदान गरेको छ । 
 
एक दशक भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पराजुलीले संस्थाले विश्वास गरी आफुलाई दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए । ‘बर्षेनी अर्बौंको लगानी हुने  म्यूजिक उद्योगमा काम गर्ने नेपालभरका सयौं निर्देशकहरुको छाता संस्थाले मेरो पत्रकारितालाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ, यो मेरो लागि चुनौती र अवसर दुवै हो’, पराजुलीले बताए ।
 
 
कुशल कार्यसम्पादन क्षमता, रंग पत्रकारितामा राष्ट्रिय स्तरमा पाएको सफलता र अनुभवका आधारमा पराजुलीलाई प्रेस सल्लाहकार नियुक्त गरिएको ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’मा अध्यक्ष विधान कार्कीले बताए । साथै, कार्कीले म्यूजिक भिडियोलाई थप व्यवस्थित गर्न र निर्देशकहरुको अधिकारका लागि लड्न समाज गठन गरेको जिकिर गरे । 
 
पराजुलीलाई कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले प्रमाणपत्र प्रदान गरेका थिए ।