मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिका नगएको भए डिप्रेसनमा पर्ने थिएँ : करिश्मा मानन्धर

फिल्मीखबर, काठमाडौं, 2022/03/22
karishma manandhar
 
देशमा माओवादी जनयुद्ध चर्किँरहेको समयमा अभिनेत्री करिश्मा मानन्धरका श्रीमान् तथा निर्माता विनोद मानन्धरले निर्माण गरेको फिल्म ‘बाबु साहेब’ प्रदर्शनमा आएको थियो । जनयुद्धको त्रासले हलमा दर्शक आउन छाडिसकेका थिए । ‘बाबु साहेब’ले पनि दर्शकको साथ पाउन सकेन । ठूलो लगानीमा बनाएको फिल्म नचलेपछि करिश्मा निराश भएर सन् २००३ मा अमेरिका उडिन् । 
 
आफ्नो फिल्म असफल हुँदा उद्योगका धेरै मानिसहरु खुसी भएको करिश्मा सम्झिन्छिन् । चलचित्र पत्रकार जीवन पराजुलीले लेखेको ‘क्लोज-अप’ पुस्तकमा उनले ती दिन सम्झँदै भनेकी छन्, ‘खुब घमण्ड देखाउँन्थिस्, खाइस् भन्ने खालका व्यवहार उद्योगमा धेरैले देखाएको मैले पाएँ । रिलिज भएको तेस्रो दिनमा नै फिल्मको प्रदर्शन रोकियो । फिल्म घाटामा गएपछि म अमेरिका गएँ ।’
 
करिश्माले कुनै दिन विदेश जानु परे अमेरिका नै जाने सोच बनाएकी थिइन् । अमेरिकामा उनका ससुराको रेस्टुरेन्ट व्यवसाय पनि थियो । तर, करिश्माले आफ्नो अमेरिका बसाईं त्यति लामो हुन्छ भन्ने सोचेकी थिइनन् । विनोदलाई पनि उनी केही महिनामै नेपाल आउने लागेको थियो । तर, करिश्मा फर्किनन् । पछि विनोद आफैं अमेरिका गए । करिश्माले पाँच वर्ष अमेरिकामा नै विताइन् ।
 
अमेरिका जानु परेकोमा आफूलाई कुनै पछुतो नभएको उनको भनाई छ । करिश्माले पुस्तकमा भनेकी छन्, ‘म अमेरिका नगएको भए यता डिप्रेसनमा पर्ने थिएँ । जाबो एउटा फिल्म नचल्दा त्यस्तो हुने रहेछ । नेपालमा बसिरहेको भए अरु पनि असफलता आउन सक्थ्यो ।’ सन् २००९ मा नेपाल फर्किएकी उनले त्यसपछि फिल्म ‘फागु’ निर्माण गरेकी थिइन् । तर, यो फिल्म पनि असफल भयो ।