Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाम्रो फिल्मको रेकर्ड ‘कबड्डी ४’ले तोडोस् : दीपकराज गिरी

फिल्मीखबर, काठमाडौं, 2022/05/27
दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्मले कमाईमा एकसेएक रेकर्ड बनाएका छन् । यो समुहको ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ फिल्मले लगानी उठाएर केही प्रतिशत मुनाफा कमाएका थिए भने ‘छक्का पञ्जा’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाउने फिल्म बन्यो । यो फिल्मको लाइफटाइम कलेक्सनलाई दीपक-दीपाको अरु फिल्मले समेत भेट्न नसकेको अवस्था छ । 
 
‘छक्का पञ्जा’को दोस्रो सिरिज र ‘छ माया छपक्कै’ले पनि बक्सअफिसमा ठूलो कमाई गरेका थिए । दीपक-दीपा समुहको फिल्मले बनाएको रेकर्ड तोड्न अरु ब्यानरको फिल्मलाई असम्भव मानिँदै आएको छ । तर, शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले मल्टीप्लेक्सहरुमा पाएको शो र आक्रामक बुकिङ हेर्दा फिल्मले दीपक-दीपाको फिल्मको रेकर्ड तोड्ने सम्भावना देखिन्छ । 
 
deepakraj giri
 
बिहीवार ‘कबड्डी ४’को प्रिमियरमा उपस्थित भएका कलाकार दीपकराज गिरीले संसारका कुनै पनि रेकर्ड तोड्नका लागि नै बन्ने बताउँदै आफ्नो फिल्मको रेकर्ड अरु फिल्मले तोडे खुशी हुने बताए । उनले भने, ‘हाम्रो फिल्मको रेकर्ड ‘कबड्डी ४’ले तोडोस् अनि यसको रेकर्ड अर्को फिल्मले तोडोस् । यो चिज निरन्तर भएको राम्रो हो । नेपाली फिल्मको व्यापार राम्रो हुनु खुशीको कुरा हो ।’
 
विदेशी फिल्मको ओपनिङ हेरेर नेपाली फिल्मको राम्रो ओपनिङ भएन भन्ने अवस्था ‘कबड्डी ४’ले तोडेको पनि उनी बताउँछन् । ‘नेपाली फिल्मको यो वृहद् सुरुवात आफैंमा खुशीको कुरा हो । नेपाली फिल्मलाई माया गर्नुस् भनेर भन्नै परेको छैन, स्वतस्फूर्त माया गर्नुभएको छ । दर्शकहरुको फिल्म हेरेर माया गर्ने बानी छ । ‘कबड्डी ४’ले ठूलो ओपनिङ गरेकोमा खुशी छु,’ उनले भने ।
 
त्यस्तै, ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले ‘कबड्डी ४’को शो सोल्डआउट भएको देख्दा आफू नेपाली फिल्ममेकर भएकोमा गर्व लागेको बताइन् । आफ्नो फिल्मको रेकर्ड ‘कबड्डी ४’ले तोडे खुशी हुने पनि उनको भनाई छ । उनी भन्छिन्, ‘आज ‘कबड्डी ४’ले रेकर्ड बनाउँछ भोली अर्को फिल्मले पनि बनाउला । रेकर्ड तोड्नु भनेको नेपाली फिल्म झन् धेरै झाँगिँदै जानु हो ।’ 
Most Visited News (monthly)