Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5545 - 5550 of 23775
एजेन्सी, मुम्बई, 2022-06-05, आईतवार

साउथ सुपरस्टार कमल हासनले ५ वर्षपछि अभिनयमा कमब्याक गरेको एक्सन-थ्रिलर फिल्म ‘विक्रम’ले प्रदर्शनको दुई दिनमा नै विश्व बजारबाट सय करोडको व्यापार गरिसकेको छ । दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्ममा कमल हासनसँगै विजय सेथुपति र फहाद फासिलको अभिनय सानदार छ । त्यस्तै, भूमिका छोटै भएपनि अभिनेता सूर्याले आफ्नो प्रभाव छाडेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-06-05, आईतवार

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । शनिवार निर्माण टिमले दुई रोमान्टिक पोस्टर सार्वजनिक गर्दै आगामी असार ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि जेठ ६ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको थियो । तर, स्थानीय तहको निर्वाचनका कारण फिल्मको प्रदर्शन पोस्टपोन्ड गरियो ।

फिल्मीखबर, काठमाडौं, 2022-06-04, शनिवार

चर्चित सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी ६ वर्षपछि फिल्म निर्देशनमा फर्किएका छन् । सन् २०१६ मा रिलिज भएको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’पछि उनले फिल्म ‘सर्वजीत’बाट निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्ल्याप ठोकेर फिल्मको शुभ मुहूर्त गरे । 

फिल्मीखबर, काठमाडौं, 2022-06-04, शनिवार

भारतको ‘रामोजी फिल्म सिटी’मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुने भएको छ । विश्व चर्चित साउथ फिल्म ‘बाहुबली’को समेत छायांकन भएको उक्त स्टूडियोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन हुन लागेको हो । हालै निर्माण कम्पनी र स्टूडियोबीच सम्झौता भएको हरिहरले जानकारी दिए । 

फिल्मीखबर, काठमाडौं, 2022-06-04, शनिवार

आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’बाट अभिनय करिअर सुरु गरेका मनिष राउतले अब निर्देशनमा पनि डेब्यू गर्ने भएका छन् । फिल्म ‘शमशेर’लाई उनले निर्देशन गर्न लागेका हुन् । यो फिल्ममा उनको मुख्य भूमिका पनि रहनेछ । फिल्मको स्क्रिप्ट र टिम राम्रो भएकाले आफूले निर्देशनमा डेब्यू गर्ने निर्णय गरेको उनले बताएका छन् ।

Results : 5545 - 5550 of 23775
Most Visited News (monthly)