Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5293 - 5298 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-07-29, शुक्रवार

अभिनयमा आफूलाइ अब्बल रुपमा प्रस्तुत गरेका कलाकार खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । करीब दुई दशक अगाडि गुरुकुलमा मञ्चन भएको नाटकको कथावस्तुमाथि उनले फिल्म निर्माण गरेका हुन् । फिल्मले द्वन्द्वकालमा बेपत्ता भएको छोरालाई खोजी गरिरहेको एक दाम्पतीको कारुणीक कथा भनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-29, शुक्रवार

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको ‘प्रकाश’बाट अभिनेता प्रदीप खड्काले ठूलो आशा बोकेका छन् । पहिलो पटक भिन्न चरित्रमा अभिनय गरेका उनलाई यसपटक फरक शैलीको फिल्म रुचाउने दर्शकलाई पनि आकर्षित गर्नुपर्ने ठूलो चुनौती छ । त्यसैले उनले फिल्मको प्रचारलाई चुस्त बनाउन कुनै कसर छाडेका छैनन् । मेकरभन्दा उनी नै प्रचारमा दौडधुप गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-07-29, शुक्रवार

फिल्म निर्माण, अभिनय र लेखनमा आफूलाई प्रमाणित गरिसकेका खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’ले शुक्रवारबाट देशव्यापी प्रदर्शन थालनी गरेको छ । माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको फिल्मले बेपत्ता छोराको खोजीमा रहेको एक दाम्पतीको कथा भन्छ । मल्टीप्लेक्सहरुमा ठीकठाक शोज पाएको फिल्मलाई सिंगल थिएटर भने पर्याप्त मिलेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-07-28, बिहिवार

कोरोना महामारीका कारण प्रभावित फिल्म ‘चपली हाइट ३’ तेस्रो पटक हलमा प्रदर्शन हुने भएको छ । यसअघि २०७८ सालको पुष ३० गते फिल्म पहिलो पटक प्रदर्शन भएको थियो । माघ ३ गते सरकारले संक्रमण बढेको भन्दै हल बन्द गरेपछि फिल्मको प्रदर्शन तीन दिनमै रोकियो । हल खुलेपछि गत फागुन १ गतेबाट फिल्म पुनः प्रदर्शन भयो । तर, दर्शकको साथ पाउन सकेन । 

फिल्मीखबर, काठमाडौं, 2022-07-28, बिहिवार

विदेशमा नेपाली फिल्मको छायांकन गर्ने मामलामा निर्देशक तथा निर्माता मिलन चाम्स सबैभन्दा अगाडि मानिन्छन् । ‘लिलिबिली’, ‘ह्याप्पी डेज’, ‘बोबी’ फिल्मको विदेशी भूमिमा छायांकन गरिसकेका उनले विगत दुई सातादेखि नयाँ फिल्म ‘वर एण्ड वधु’को पर्यटकीय देश रोमानियामा छायांकन गरिरहेका छन् । फिल्मको महत्त्वपूर्ण सिनदेखि गीतसम्म रोमानियामा छायांकन भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-28, बिहिवार

आफू अभिनीत फिल्म ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न जेठ १६ गते काठमाडौंको सिभिल हलमा जाने क्रममा अभिनेत्री मिरुना मगरले ‘ब्याड टच’ गरेको भन्दै बौद्ध भिक्षु फुर्पा तामाङलाई थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । उनले थप्पड हानेको भिडियो भाइरल भएपछि मिरुना र ‘कबड्डी ४’ विरुद्ध बौद्ध धर्मालम्बीहरु सडकमै उत्रिए । जेठ १७ गते तीन हजार धरौटीमा फुर्पा छुटे ।

Results : 5293 - 5298 of 23779
Most Visited News (monthly)