Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5287 - 5292 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-07-31, आईतवार

यतिबेला नेपाली फिल्ममा चकलेटी हिरोहरुको बोलबाला छ । तर, जति पनि चकलेटी आवरणका हिरोहरुले फिल्म क्षेत्रमा रजाई गरिरहेका छन्, उनीहरु सुकिलो र चम्किलो अनुहारकै बलमा दर्शकमाझ चिनिएका हुन् भन्दा फरक पर्दैन । अभिनयमा पनि राम्रो मानिने चकलेटी हिरोहरु भने औंलामा गन्न सकिने संख्यामा मात्र छन् । त्यसमध्येमा सम्भवतः छुट्नै नसक्ने नाम हो, पुष्प खड्का ।

फिल्मीखबर, काठमाडौं, 2022-07-31, आईतवार

साउन २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘म’को फरक शैलीमा आक्रामक रुपमा प्रचार भइरहेको छ । आम-मानिसहरुको फिल्मप्रति ध्यान खिच्न काठमाडौंका सडकमा बाइक र्‍यालीदेखि अनुहारमा कलात्मक पेन्ट गरेर ‘म’ अंकित टिसर्टमा सडकमा हिँड्नेसम्मको प्रचार अभियान गरिसकेको निर्माण टिमले शनिवार बसन्तपुरमा फरक शैलीमा फिल्मको प्रचार गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2022-07-31, आईतवार

‘महानायक’ विवाद उत्कर्षमा रहँदा फिल्म क्षेत्र सधैं तीन कित्तामा बाँडिन्छ । एकथरी यो उपाधिको निर्विकल्प हकदार अभिनेता राजेश हमाललाई मान्छन् । अर्कोथरी सर्वाधिक सुपरहिट फिल्म दिएकाले वास्तविक ‘महानायक’ भुवन केसीलाई भन्छन् । अर्को एउटा वर्ग भने न हमाल न केसी, दुवैलाई यो उपाधिको हकदार मान्दैन । दर्शकको जमात भने हमाललाई ‘महानायक’ मान्ने गर्छ । 

फिल्मीखबर, काठमाडौं, 2022-07-30, शनिवार

सुटिङमा निस्किएर पनि कलाकार र निर्माता-निर्देशकबीचको मतभेदका कारण रोकिएको फिल्म ‘प्रसाद २’को छायांकन अन्योल बनेपछि अभिनेता विपिन कार्कीले आफू अभिनीत फिल्म ‘के घर के डेरा’को डविङ थालेका छन् । शुक्रवार उनको भागको डविङ गर्दै फिल्मको पोष्ट प्रोडक्सन काम सुरु भएको हो । विपिनपछि अभिनेता दयाहाङ राईको डविङ गर्ने तयारीमा निर्माण टिम छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-30, शनिवार

हरेक कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ । पछिल्लो समय नेपालमा लोकप्रिय बनेको टिकटकमा पनि यी दुवै कुरा छ । कयैन् प्रतिभावान व्यक्तिलाई यही टिकटकले चिनायो । यसैले कतिको जीवन बर्बाद पनि गरेको छ । नेपाली फिल्मले पनि टिकटकबाट राम्रो र नराम्रो दुवै कुरा पाएको छ । तर, तुलनात्मक रुपमा टिकटकले नेपाली फिल्मलाई फाइदाभन्दा बेफाइदा बढी गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-29, शुक्रवार

फिचर फिल्मको अवधारणाभित्र रहेर निर्माण भएको संवादसहितको गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर स्क्रिनिङ गरियो । जातीय विभेदको दर्दनाक पाटोलाई प्रस्तुत गरिको ट्रेलरमा चलचित्रका अभिनेता अभिनास न्यौपाने र अभिनेत्री श्रेया कार्कीबीचको प्रेमलाई पनि देखाइएको छ । ट्रेलर यूट्युबमा भने केही दिनमा सार्वजनिक हुनेछ । 

Results : 5287 - 5292 of 23779
Most Visited News (monthly)