
नेपाली गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतमा नेपाली फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शन हुने भएको छ । २९ जुलाई २०२२ (शुक्रवार) बाट बेलायतका विभिन्न शहरहरुमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्मलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाई छ ।

२०७६ सालको एउटा घटना स्मरण गरौं । मनोज राठीको समुहले बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ मोटो रकम तिरेर नेपाल प्रदर्शन अधिकार किनेको थियो । इदलाई लक्षित गर्दै भारतमा बुधवारबाटै फिल्म प्रदर्शन हुँदै थियो । तर, नेपालमा स्वदेशी र विदेशी फिल्म शुक्रवार मात्र रिलिज गर्नुपर्ने प्रावधान भएकाले तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले ‘भारत’लाई बुधवारबाटै नेपालमा प्रदर्शन गर्न अनुमति दिएनन् ।

एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । आमा र सन्तानबीचको प्रेम बोल्ने गीतको भिडियोमा फिल्मका चल-अचल दृश्यहरु समावेश छन् ।

सुदर्शन थापा निर्देशित सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’ले अष्ट्रेलियाबाट विदेश प्रदर्शन सुरु गरेको छ । फिल्मको जुलाई दोस्रो सातादेखि अष्ट्रेलियाका तीन शहरमा प्रिमियर भइसकेको छ । जुलाई १८ मा न्यूक्यासल, जुलाई २२ मा सिड्नी र जुलाई २६ मा मेलबर्नमा फिल्मको प्रिमियर भएको हो । प्रिमियरका लागि अभिनेत्री पूजा शर्मा र निर्देशक थापा यतिबेला अष्ट्रेलियामा छन् ।

कुनै बेला गीतको लोकप्रियताको मापन अडियो क्यासेट बिक्रीको आधारमा हुन्थ्यो । डिजिटल युगको आगमनपछि यूट्युबले गीतको सफलता र असफलता छुट्याउन थाल्यो । केही वर्षयता गीतको सफलता नाप्ने माध्यम टिकटक पनि बनेको छ । अचेल टिकटककै लागि लक्षित गरेर समेत गीत निकाल्न थालिएको छ । गीतमाथि धेरै टिकटक भिडियो बन्यो भने त्यसलाई नै हिटको संज्ञा दिइन्छ ।

गायक हुँदै फिल्मको अभिनेता बनेका प्रशान्त तामाङ छोरीको पिता बनेका छन् । उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान दार्जिलिङको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले छोरीका केही ‘क्यूट’ तस्विरहरु सामाजिक सञ्जालमा साझेदार गर्दै आफू पिता बनेको खुशी व्यक्त गरेका छन् । उनले छोरीको नाम ‘आरिया’ राखेको पनि जानकारी गराएका छन् ।

