
भारतले नाकाबन्दी लगाएको समयमा प्रदर्शनमा आएको फिल्म हो, ‘परदेशी’ । पेट्रोलियम पदार्थदेखि खाना पकाउने ग्याससम्मको चर्को अभाव रहेको समयमा पनि फिल्मले ठूलो कमाई गरेको थियो । विशेषगरी फिल्मले उठाएको कथावस्तुलाई आम मानिसले मन पराएका थिए । ७ वर्षपछि यो फिल्मको दोस्रो श्रृंखला ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

नेपाल प्रदर्शनको दुई वर्षपछि फिल्म ‘जीवन काँडा कि फूल’ छिमेकी मुलुक भारतमा प्रदर्शन हुने भएको छ । फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ तारिखबाट भारतका विभिन्न स्थानहरूमा फिल्म प्रदर्शन हुन लागेको जानकारी दिइन् । सिक्किम, दार्जिलिङ, कर्स्याङ, कलिङ्पोङ्, मिरिकसँगै भारतको उत्तरपूर्वका राज्यहरुमा फिल्म प्रदर्शन हुने उनको भनाई छ ।

गत महिना छायांकन सकिएको मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै सोमवार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ २० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत छन् । फिल्मले प्रेमकथा बोल्ने पोस्टरबाट सहजै अनुमान लगाउन सकिन्छ ।

भारतका कलाकारहरुको नेपालमा कुन हदसम्म क्रेज छ भन्ने बुझ्न बलिउड अभिनेता हर्षवर्धन राणेको नेपाल भ्रमण निकाल्दा मात्र पनि पुग्छ । उनी पाँच दिनदेखि काठमाडौंमा छन् । आफ्नो साथीको रिसेप्सन पार्टीमा सहभागी हुन उनी बिहीवार काठमाडौं आएका हुन् । शनिवार पार्टीमा सहभागी हुने क्रममा हर्षवर्धनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य पनि गरेका थिए ।

बलिउड सुपरस्टार शाहरुख खानका केही सिग्नेचर स्टाइलहरु संसारभर प्रख्यात छन् । विशेषगरी दुई हात फिजाएर रोमान्टिक अन्दाज प्रस्तुत गर्ने उनको शैली धेरैलाई मन पर्छ । यो शैली टपक्क टिपेर भारतसँगै नेपालमा पनि धेरै हिरोहरुले हिरोइनसँग रोमान्स गरेका छन् । यसैक्रममा, फिल्म ‘परदेशी २’बाट नायक बनेका प्रकाश सपुतले पनि शाहरुखको स्टाइल पछ्याएका छन् ।

आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ भन्’ बोलको प्रेमिल गीत भगवान् शिवको विशेष दिन पारेर सोमवार सार्वजनिक गरिएको छ । निशान भट्टराईको स्वर रहेको गीतमा रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ । २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा राखिएको हो ।

