
आगामी असोज ७ गते (सेप्टेम्बर २३) बाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ संसारको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ । सोमवार मुम्बईमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक तथा निर्माता सन्तोष सेनले भारतका सिनेमा हलमा प्रदर्शन भएको ८ हप्तापछि अमेजन प्राइम भिडियोमा फिल्म रिलिज हुने जानकारी दिए ।

गोर्खा सैनिकको जीवन कथामा निर्माण भएको फिल्म ‘सोल अफ द कमान्डो’को नेपालसहित बेलायत र क्यानडाका लागि प्रदर्शन मिति घोषणा गरिएको छ । ग्रयान्ड मास्टर राजकुमार राईको मुख्य भूमिका रहेको फिल्म मंसिर २ गतेबाट नेपालमा प्रदर्शन हुनेछ भने अगस्ट २७ मा बेलायत र सेप्टेम्बर २४ र २५ मा क्यानडामा प्रदर्शन हुने निर्देशक युवराज (वीरबहादुर) राईले जानकारी दिए ।

विवाह अगाडि अभिनेत्री प्रियंका कार्कीको फिल्ममा राम्रै व्यस्तता थियो । फिल्महरु लगातार असफल भइरहे पनि उनलाई कामको कमी थिएन । आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धपछि उनले प्रेमीसँग पनि केही फिल्ममा काम गरिन् । २०७६ सालमा उनले आयुष्मानसँग लगनगाँठो कसिन् । त्यसको केही महिनामा नै कोरोनाका कारण देश लकडाउन भयो र उनी घरभित्रै सीमित भइन् ।

बलिउड अभिनेता हर्षवर्धन राणे यतिबेला काठमाडौंमा छन् । उनी तीन दिनदेखि काठमाडौं रहेको उनका इन्स्टाग्राम पोस्टहरुले बताउँछ । शनिवार उनी पाँचतारे होटल र्याडिसनमा आयोजित एक रिसेप्सन पार्टीमा सहभागी भएका थिए । पार्टीमा सहभागी भएको तस्विर उनले इन्स्टामा पनि राखेका छन् । त्यहाँ उनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य समेत गरेका थिए ।

विदेशमा अध्ययन गर्न चाहने विद्यार्धीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् । आइतवार कन्सल्टेन्सीको कार्यालयमा आयोजित एक कार्यक्रमबीच कन्सल्टेन्सी र नम्रताबीच सम्झौता पत्र आदान-प्रदान भयो । उनी ब्रान्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘बद्री बहादुर’ यही जुलाई ३० तारिखमा (शनिवार) अष्ट्रेलियाको सिड्नीमा प्रिमियर भएको छ । प्रिमियरमा उल्लेख्य संख्यामा फिल्म हेर्ने दर्शकको उपस्थिति रहेको बताइएको छ । अष्ट्रेलिया प्रिमियरमा फिल्मलाई सुखद् प्रतिक्रिया मिलेको भन्दै निर्देशक बस्नेतले खुशी व्यक्त गरेका छन् । फिल्मको अझै अष्ट्रेलियाको ६ शहरमा प्रदर्शन हुनेछ ।

