
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले पदभार सम्हालेका छन् । उनले बुधवार विहान चावहिलमा अवस्थित बोर्डको कार्यालय पुगेर पूजाआजासहित पदभार ग्रहण गरेका हुन् । सुटबुटमा ठाटिएर पुगेका उनले बोर्डको इतिहासमा पहिलो पटक पूजाआजा पश्चात् पदभार सम्हालेका हुन् ।

अभिनेता भुवन केसीलाई मन्त्रिपरिषद्को बैठकले फिल्म क्षेत्रको नियमनकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेसँगै उनलाई फिल्मकर्मीदेखि शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् बधाई दिइरहेका छन् । कलाकार, निर्माता तथा निर्देशकको रुपमा फिल्म क्षेत्रको समस्या बुझेका उनले आफ्नो कार्यकालमा उपलब्धिमुलक कामहरु गर्ने धेरैको अपेक्षा छ ।

चर्चित अभिनेता भुवन केसीलाई मन्त्रिपरिषद बैठकले आगामी दुई वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मंगलवार सञ्चार तथा सूचना मन्त्रालयले सार्वजनिक गरेको बैठकको निर्णयको ९औं नम्बरको बुँदामा उनलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने उल्लेख छ ।

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार ओएसआर यूट्युब च्यानलबाट सार्वजनिक भएको ३ मिनेट ३० सेकेन्डको ट्रेलर इन्गेजिङ छ । फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको ट्रेलरले प्रस्ट्याउँछ । बाल्यकालमा गाउँमा हुर्किएको प्रेम समयसँगै कसरी टाढा हुँदै जान्छ भन्ने कुरालाई ट्रेलरमा देखाइएको छ ।

बलिउडको एकपछि अर्को आशातित फिल्म डुब्ने क्रम रोकिएको छैन । यस वर्ष ‘जर्सी’, ‘पृथ्वीराज’, ‘ओम’, ‘जुग जुग जियो’ जस्ता फिल्म पत्तासाफ भइसकेका छन् । यसैक्रममा, बलिउडको अर्को ठूलो फिल्म ‘शमशेरा’ले पनि बक्सअफिसमा दम तोड्न थालेको छ । १० करोड २५ लाखको ओपनिङ विजनेश गरेको यो फिल्मले दोस्रो दिन १० करोड ५० लाख र तेस्रो दिन ११ करोड कमायो ।

अभिनेत्री बेनिशा हमालका लागि सोमवार (हिजो) विशेष दिन रह्यो । उनको जन्मदिनमा फिल्म ‘छक्का पञ्जा ४’को घोषण, मुहूर्त र छायांकन सुरु भएको थियो । यो फिल्ममा उनको मुख्य भूमिका छ । उनी लामो समयदेखि फ्लप फिल्मले धरमराएको करिअरलाई नयाँ जीवन दिने एउटा बलियो फिल्मको प्रतिक्षामा थिइन् । उनको त्यो सपना ‘छक्का पञ्जा ४’ले पूरा गर्नेमा सम्भवतः दुईमत छैन ।

