
बलिउड इन्डस्ट्रीमा यतिबेला ‘भाई-भतिजावाद’ (नेपोटिज्म) को बहस चर्किएको छ । सुशान्त सिंह राजपूतको निधनपछि छेडिएको यो मुद्धामा बलिउडका धेरै कलाकारले आफ्नो विचार राखिसकेका छन् । यसको असर यतिबेला फिल्मको रिलिजमा पनि देखिन थालेको छ । ‘सडक २’ को विरुद्ध देखिएको प्रतिक्रियापछि अब ‘कुली नम्बर १’ लाई पनि बहिष्कारको माग उठेको छ ।

कोभिड १९ का कारण ठप्प रहेको फिल्म क्षेत्र कहिलेबाट सञ्चालनमा आउँछ, कुनै टुंगो छैन । दिनहुँ संक्रमितको संख्या बढिरहेका कारण दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएको छ । तर, विभिन्न निर्माता/निर्देशकहरु लकडाउनकै समयमा नयाँ फिल्मको घोषणा गरिरहेका छन् । सबैको योजना स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । तर, अघिल्ला वर्ष झैं यस वर्ष कोरोना भाइरसको त्रासका कारण तीजको खासै रौनक छैन ।

२ दशकदेखि फिल्म अभिनयमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । यसपटक हिन्दू नारीहरुले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तीजको दिन उनको जन्मदिन परेको छ । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनले आफ्नो उमेर गोप्य राख्दै आएकी छन् । विकिपिडिया भने उनको उमेर ३८ वर्ष उल्लेख छ ।

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीबीआइलाई निर्देशन दिएको छ । अदालतको यो फैसलापछि सुशान्तले आत्महत्या गर्नुको वास्तविक कारण बाहिर आउनेमा बलिउडकर्मीहरु विश्वस्त छन् । तर, यो मामलामा केही बलिउड कलाकारहरु भने मौन छन् । उनीहरुमाथि अभिनेत्री कंगना रनावतले फेरि निशाना साँधेकी छन् ।

भोली (शुक्रवार) हिन्दू नारीहरूको महत्त्वपूर्ण चाड- तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । तीजको दिन महिलाहरु निराहार व्रत बस्ने गर्दछन् ।

