Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साडीमा खुलेको श्वेताको सुन्दरता (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2020/08/20
भोली (शुक्रवार) हिन्दू नारीहरूको महत्त्वपूर्ण चाड- तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । तीजको दिन महिलाहरु निराहार व्रत बस्ने गर्दछन् । 
 
 
अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगावैदेखि शहर बजारमा चहलपहल हुन्थ्यो । तर, यसपटक कोरोनाको त्रासले तीजको खासै रौनक छैन । समुहमा भेला भएर मनाइने यो पर्व निषेधाज्ञाका कारण घर वा कोठाभित्र खुम्चिएर मनाउनु पर्ने बाध्यता छ । नेपाली फिल्मका विवाहित वा अविवाहित अभिनेत्रीहरु पनि यसपाली कोरोनाका कारण घरभित्रै बसेर तीज मनाउँदैछन् ।
 
यसपटक खुलेर तीज रमाउन नपाइने भए पनि केही दिनयता अभिनेत्रीहरुले रातो रंगको साडी लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट्याउँदै तीजलाई स्वागत गरेका छन् । अभिनेत्री श्वेता खड्काले बुधवार साँझ इन्स्टाग्राममा रातो साडी लगाएर खिचेका केही तस्विर शेयर गर्दै आफूलाई तीजले छोएको संकेत गरेकी छन् । साडीमा उनको सुन्दरता निकै खुलेको छ ।  
 
 
वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । तीन वर्ष फिल्म अभिनयबाट समेत टाढा बसेकी थिइन् । तर, शोकलाई शक्तिमा बदल्दै उनी फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किइन् । यो फिल्मपछि भने उनले आफ्नो व्यापार व्यवसायलाई प्राथमिकता दिँदै आएकी छन् ।
 
 
 
 
तस्विर : श्वेता खड्काको इन्स्टाग्रामबाट
Most Visited News (monthly)