Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकापछि कंगनाको निशाना आमिर

एजेन्सी, मुम्बई, 2020/08/20
 
अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीबीआइलाई निर्देशन दिएको छ । अदालतको यो फैसलापछि सुशान्तले आत्महत्या गर्नुको वास्तविक कारण बाहिर आउनेमा बलिउडकर्मीहरु विश्वस्त छन् । तर, यो मामलामा केही बलिउड कलाकारहरु भने मौन छन् । उनीहरुमाथि अभिनेत्री कंगना रनावतले फेरि निशाना साँधेकी छन् । 
 
उनले बलिउडका एक सुपरस्टारको मौनतामाथि प्रश्न उठाएकी छन् । कंगनाले एक वेबसाइटमा अन्तर्वार्ता दिँदै भनेकी छन्, ‘फिल्म इन्डस्ट्रीका कयौं व्यक्ति सीबीआई जाँचका लागि आवाज उठाइरहेका छैनन् । त्यसमा आमिर खान पनि सामेल छन् । यहाँसम्म कि सुशान्तले उनीसँग ‘पिके’ मा काम गरेका थिए ।’ उनले पूरै बलिउड गिरोहको रुपमा काम गर्ने आरोप पनि लगाएकी छन् । 
 
‘सुशान्तको निधनमा आमिरले केही बोलेका छैनन्, अनुष्का शर्मा पनि चुप छिन्,’ कंगनाले अगाडि भनिन्, ‘तपाईंको सहयोगी जो एउटै इन्डस्ट्रीमा काम गर्छन्, उसको मृत्यु हुन्छ र तपाईंसँग भन्नका लागि एक शब्द पनि हुन्न ?’ गएको केही दिन अगाडि उनले सुशान्तको निधनलाई व्यवसायमा बदल्ने कोशिश गरेको भन्दै अभिनेत्री दीपिका पादुकोणमाथि पनि निशाना साँधेकी थिइन् । 
Most Visited News (monthly)