Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7813 - 7818 of 23769
एजेन्सी, मुम्बई, 2020-08-18, मंगलवार

अहिले बलिउडमा जसरी नेपोटिज्मको विशेषमा बहस भइरहेको छ, सम्भवतः यसअघि कहिल्यै भएको थिएन । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि यो मुद्धाले तिखो बहस छेडेको छ, जसको बारेमा बलिउडका हरेक व्यक्तिले आफ्नो विचार व्यक्त गरिसकेका छन् । अभिनेत्री करीना कपूर खानले भने मानिसहरुलाई नेपोटिज्म ठिक नलागे आफ्नो फिल्म नहेर्न भनेकी थिइन् । 

फिल्मीखबर, काठमाडौं, 2020-08-18, मंगलवार

केही दिनअघि सात फिल्म सम्बद्ध संघ-संस्थाले फिल्मकर्मीहरुलाई पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ मा सहभागी नहुन भन्दै संयुक्त रुपमा जारी गरेको विज्ञप्ती विवादित बन्यो । पत्रकार सुवेदीले माफी मागिसकेको अवस्थामा विभिन्न संस्था मिलेर कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेकोमा फिल्मकर्मीहरुले चर्को विरोध गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-18, मंगलवार

स्लिम कसरी हुने भन्ने कुराले अहिले धेरैलाई पिरोल्ने गरेको छ । काम गर्न छिटोछरितो हुने र लुगा लगाउँदा राम्रो देखिने भएकाले स्लिम शरीर बनाउन जिम धाउने बग्रेल्ती छन् । बिहान झिसमिसेमा शहरको चक्कर काट्नेको संख्या पनि कम छैन । स्लिम हुनु भनेको आकर्षक देखिनु मात्र नभइ स्वस्थ्य हुनु पनि हो । यसले शरीरको अतिरिक्त बोसो घटाएर सम्भावित रोगबाट बचाउँछ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-18, मंगलवार

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगेको छ । तर, अहिलेसम्म घटनाका दोषी पहिचान हुन सकेको छैन । निर्मलाको हत्यामा संलग्नलाई सजाय हुनुपर्ने माग गर्दै दुई वर्ष अगाडि राजधानीसहित विभिन्न शहरमा सरकारलाई दबाब दिनका लागि आन्दोलन चर्किएको थियो । तर, यो घटनालाई लिएर सरकार गम्भीर नभएपछि आन्दोलन पनि विस्तारै मथ्थर हुँदै गयो ।

एजेन्सी, मुम्बई, 2020-08-17, सोमवार

बलिउड निर्देशक निशिकान्त कामतको सोमवार हैदराबादको एक अस्पतालमा लिभर सिरोसिसका कारण निधन भएको छ । उनका नजिकका साथी अजय रायका अनुसार, कामतको अन्तिम दाह संस्कार हैदराबादमा नै गरिनेछ । उनको दाह संस्कारमा ४/५ जना साथीको मात्र उपस्थिति रहने बताइएको छ । कामतको परिवारमा विरामी पिता मात्र छन्, जो ९० वर्षका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-08-17, सोमवार

चर्चित अभिनेत्री तथा नाट्यकर्मी शुभद्रा अधिकारीको निधन भएको एक वर्ष भएको छ । उनको पहिलो वार्षिक पुण्य तिथीमा सोमवार फिल्मकर्मीहरुले नेपाली फिल्म क्षेत्रमा उनले पुर्‍याएको योगदान सम्झँदै सामाजिक सञ्जालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् । २००३ सालमा काठमाडौंको असनमा जन्मिएकी अभिनेत्री अधिकारीको गत वर्ष ७३ वर्षको उमेरमा निधन भएको थियो । 

Results : 7813 - 7818 of 23769
Most Visited News (monthly)