Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजबल्लभको प्रतिक्षा

फिल्मीखबर, काठमाडौं, 2020/08/30
 
कुनै समय लभर ब्वाईको भूमिकामा निकै रुचाइएका चकलेटी अभिनेता राजबल्लभ कोइराला आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । लामो समयदेखि अमेरिकामा सपरिवार बस्दै आएका उनलाई जीवन लुईंटेल, रेखा थापालगायत फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिएका छन् भने दर्शकहरुले फिल्ममा फर्किन आग्रह गरेका छन् । 
 
दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसेँ’ बाट उनले अभिनेताका रुपमा डेब्यू गरेका थिए । उनलाई पहिलो फिल्मबाटै सफलता मिलेको थियो । यसपछि उनले एक दर्जन बढी फिल्ममा काम गरे । तर, ‘पर्खि बसेँ’ जति सफल अरु फिल्म हुन सकेनन् । यद्यपि, उनको अभिनयको भने सधैं प्रशंसा भएको थियो । उनी पछिल्लो पटक दीपक-दीपा समुहको ‘छ एकान छ’ मा देखिएका थिए ।
 
हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’ को छायांकनका लागि अमेरिका गएपछि राजबल्लभले फिल्म अभिनयबाट दूरी बनाएका हुन् । यद्यपि, उनले सामाजिक सञ्जालमा प्रशंसकहरुको जिज्ञासाको जवाफ दिने क्रममा राम्रो फिल्मबाट प्रस्ताव आए नेपाल फर्किएर काम गर्ने बताउने गरेका छन् । उनी फिल्म ‘राघव’ बाट निर्माता समेत बनेका थिए । तर, यो फिल्म हलमा रिलिज भएन ।
 
अभिनय क्षमतालाई कुशल शैलीमा प्रस्तुत गर्न माहिर मानिने राजबल्लभ अहिले अमेरिकामा आइटी कम्पनीमा काम गर्ने गरेका छन् । २०७४ सालमा लगनगाँठो कसेका उनी एक सन्तानका पिता समेत भइसकेका छन् । ‘सम्झिदिए पुग्छ’, ‘प्रितीको फूल’, ‘अपवाद’, ‘छोडी गए पाप लाग्ला’ लगायतका फिल्ममा काम गरिसकेका उनलाई पर्दामा हेर्न दर्शकहरु प्रतिक्षा गरेर बसेका छन् ।
Most Visited News (monthly)