Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

लकडाउनमा वर्षाको कमाल

फिल्मीखबर, काठमाडौं, 2020/09/16
 
सरकारले असोज पहिलो हप्ताबाट लामो दूरीका सवारी साधन र हवार्ड उडानका लागि अनुमति दिएको छ । तर, ६ महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रले सञ्चालनको अनुमति पाएको छैन । फिल्मकर्मीहरुले दबाब दिन नसकेका कारण पनि सरकार फिल्म क्षेत्रको बारेमा गम्भीर देखिएको छैन । फिल्म क्षेत्रमा कुनै गतिविधि नहुँदा हजारौं प्राविधिक भोकले सडकमा आइसकेका छन् । 
 
फिल्म निर्माण रोकिँदा कलाकारहरु पनि फुर्सदिला भएका छन् । यो समयमा चर्चाको लोभले मिडियामा विना तयारी अन्तर्वार्ता दिँदा कति विवादमा फसे । सीमाको विषयमा आफ्नो भनाई राख्ने क्रममा भारतीय दर्शकको चिन्ता गरेपछि अभिनेत्री वर्षा राउत पनि विवादित बनिन् । उनलाई देश छाड्न समेत माग उठ्यो । जसका कारण उनी लामो समय मानसिक तनावबाट गुज्रिइन् । 
 
श्रीमान र परिवारको साथ र हौसलाले त्यो पीडा भुल्दै गएकी वर्षा अहिले आफ्नो शरीरलाई स्लिम बनाउन मिहेनत गरिरहेकी छन् । खानाकी सौखिन उनले फिटनेश कायम गर्न नसकेको भन्दै वर्षौंदेखि आलोचना हुँदै आएको छ । दुई चरणको बन्दाबन्दीमा भने उनले जिमखाना धाएरै आफ्नो शरीर स्लिम बनाएकी छन्, जुन उनले सामाजिक सञ्जालमा पोस्ट्याएका तस्विरले बयान गर्छ ।
 
बुझिए अनुसार, अहिले वर्षाले २ घन्टा वर्कआउट गर्ने गरेकी छन् र खानामा पनि कन्ट्रोल गरेकी छन् । आफ्नो मुख्य भूमिका रहेका तीन फिल्म ‘चौका दाउ’, ‘गोपी’ र ‘मेरो पैसा खोइ ?’ को असफलतापछि करिअरलाई लिएर चिन्तित भएकी उनलाई फिल्म ‘जात्रै जात्रा’ ले सफलताको खुसी दिएको छ । अहिले उनको पाइपलाइनमा ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘नाईं नभन्नू ल ६’ छ ।
Most Visited News (monthly)