Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

फेरि शिव र सौगात आमने-सामने

फिल्मीखबर, काठमाडौं, 2020/09/24
 
नेपाली फिल्मका दुई उम्दा अभिनेता शिव श्रेष्ठ र सौगात मल्ल दोस्रो पटक फिल्ममा आमने-सामने हुने भएका छन् । निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीको बेनामे फिल्ममा उनीहरुले सँगै काम गर्न लागेका हुन् । यसअघि यी दुईले अभिनय गरेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनको पखाईमा छ । यसमा सौगातको पिताको भूमिकामा शिवले अभिनय गरेका छन् । 
 
आकाश अधिकारीले शिव र सौगातसँग फिल्मका लागि कागजी सम्झौता गरिसकेका छन् । सस्पेन्स थ्रिलर कथामा निर्माण हुने फिल्ममा उनीहरुको भूमिका भने खुलाइएको छैन । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुने फिल्ममा रविन्द्र झा, सुनिल कटुवाल र निर्देशक अधिकारी स्वयंको पनि अभिनय रहनेछ । तिहार लगत्तै फिल्मको छायांकन थाल्ने निर्देशक अधिकारीले बताए ।
 
फिल्मका लागि नायिकाको भने टुंगो लागेको छैन । नवराज कृष्ण थापाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत, अम्बिका शर्मा र राजनराज सिवाकोटीको रचना रहने फिल्मको कथा आकाश अधिकारीले लेखेका छन् । नवविजय प्रकाश श्रेष्ठ, विजय उप्रेती र सजल लोप्चनले भने पटकथा तथा संवादमा काम गरिरहेका छन् ।  
 
फिल्मको क्रियटिभ प्रोड्यूरसमा सम्पदा मल्ल छिन् । फिल्म ‘कान्छी’ पछि आकाश अधिकारी निर्देशनमा फर्किन लागेका हुन् । उनले फिल्म ‘काठमाण्डू र क्रोध’ मा मुख्य अभिनेताको रुपमा अभिनय समेत गरेका छन् । दर्शकहरुले आफूलाई स्क्रिन हेर्ने इच्छा व्यक्त गरेका कारण वर्षौंपछि फिल्ममा अभिनय गर्न लागेको उनले बताए । उनले फिल्मलाई उत्कृष्ट बनाउने दाबी गरेका छन् ।
Most Visited News (monthly)