Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गृहमन्त्रीको टिप्पणीप्रति ऋचाको आक्रोश- ‘इतिहासमा लेखाजोखा हुनेछ’

फिल्मीखबर, काठमाडौं, 2020/10/01
 
नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । निर्मला पन्त, संगीता मण्डललगायत धेरै किशोरीको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेका छैनन् ।
 
तर, देशको गरीमामय पदमा बसेका व्यक्तिहरुले बलात्कारको घटना हेर्दा चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै लज्जास्पद अभिव्यक्ति दिने गरेका छन् । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ भन्दै टिप्पणी गरेपछि यतिबेला सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ ।  
 
उनले बलात्कार र हिंसाको सन्दर्भमा अन्य देशहरुको अवस्था गर्दा नेपाल धेरै चिन्तित हुनुपर्ने स्थितिमा नभएको र बलात्कारको घटनामा नेपाल ‘सायद टप १५ भित्र’ पर्ने हलुका टिप्पणी गरेका थिए । अभिनेत्री ऋचा शर्माले गृहमन्त्री थापाको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति आक्रोश पोखेकी छन् । उनले यस्ता व्यक्तिहरुको नाम याद राखेर इतिहासमा लेखाजोखा हुने बताएकी छन् । 
 

उनले फेसबुकमा विभिन्न राजनीतिज्ञले बलात्कारका घटनाको बारेमा दिएको अभिव्यक्तिलाई बुद्धागत रुपमा लेखेकी छन्, ‘१. यस्तो बेला बलात्कार भैरहन्छ - भुकम्पपछि गृहमन्त्री बामदेव गौतम । २. बलात्कार पुँजिवादीले गराएको हो - निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा । ३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोय गर्छन् - मा. रामनारायण बिडारी । ४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन - गृहमन्त्री रामबहादुर थापा ।’
Most Visited News (monthly)