Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्याटम्यान’ देखि ‘ब्ल्याक एडम’ सम्मको रिलिज धकेलियो

एजेन्सी, अमेरिका, 2020/10/08
 
कोरोना भाइरसको महामारीका पूरा विश्व प्रभावित भएको छ । यसबाट फिल्म दुनियाँ पनि अछुतो छैन । कोरोनाका कारण विश्वको सबैभन्दा ठूलो फिल्म उद्योग मानिने हलिउड समेत प्रभावित भएको छ । हलिउडका कयौं फिल्मको निर्माण र रिलिज पछाडि धकेलिएका छन् । यसबीच, अभिनेता रोबर्ट प्याटिनसनको फिल्म ‘द ब्याटम्यान’ को रिलिज ५ महिना पछाडि सारिएको छ ।
 
म्याट रिभ्सको निर्देशनमा बनेको यो फिल्म अब ४ मार्च २०२२ मा प्रदर्शन हुने तय भएको छ । यसअघि १ अक्टुबर २०२१ लाई फिल्मको प्रदर्शन मिति तोकिएको थियो । कोरोनाका कारण मार्चमा यो फिल्मको छायांकन रोकिएको थियो र सेप्टम्बरमा फेरि सुरु भएको थियो । तर, रोबर्ट प्याटिनसनलाई कोरोना संक्रमण भएपछि अनिश्चितकालका लागि फिल्मको छायांकन रोकिएको छ ।
 
त्यस्तै, फिल्म ‘द फ्ल्यास’ को रिलिज पनि पछाडि धकेलिएको छ । यो फिल्म २०२२ जून ४ मा रिलिज हुँदै थियो । अब ४ नोभेम्बर २०२२ मा सिनेमा हलमा प्रदर्शन हुने भएको छ । ‘वन्डर वुमेन १९८४’ बाहेक ‘शजाम : फ्युरी अफ गड्स’, ‘ब्ल्याक एडम’, ‘ब्ल्याक एडम’, ‘ब्ल्याक विडो’, ‘इटर्नल्स’ लगायत हलिउडका कयैन् ठूला फिल्मको कोरोनाका कारण प्रदर्शन मिति पछाडि सारिएको छ । 
Most Visited News (monthly)