Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण

फिल्मीखबर, काठमाडौं, 2020/10/31
 
दिन प्रतिदिन भयावह रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण एकपछि अर्का फिल्मकर्मीमा देखिरहेको अवस्थामा फिल्म निर्देशक तथा कलाकार अशोक शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दशैं मनाएर जन्मथलो झापाबाट काठमाडौं फर्किने क्रममा सतर्कताका लागि पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । 
 
सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट निर्देशक शर्माले पिसिआर परीक्षण गराउँदा आफूमा कोरोना देखिएको जानकारी गराएका छन् । उनले दशैंको समयमा आफ्नो सम्पर्कमा आएका परिवारका सदस्य, साथी-भाई, कार्यालयका कर्मचारीलाई कोरोना परीक्षण गर्न र सुरक्षित रहन आग्रह गरेका छन् । विना कुनै लक्षण परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ ।
 
निर्देशक शर्मा लकडाउनभन्दा अगाडि दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ को सिक्वेलको तयारीमा थिए । फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने उनको योजना थियो । तर, कोरोनाका कारण फिल्मको छायांकन समेत सुरु हुन सकेको छैन । यो फिल्मलाई उनकी छोरीले निर्देशन गर्ने चर्चा छ । अशोक शर्माले गत वर्ष फिल्म ‘रातो टीका निधारमा’ लिएर आएका थिए ।
Most Visited News (monthly)