Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिकेट खेलाडी मुरलिधरनको जीवनीमा बन्न लागेको फिल्मको व्यापक विरोध

एजेन्सी, चेन्नई, 2020/10/30
लामो समयसम्म चलेको गृह युद्धबीच पनि राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गरेका श्रीलंकामा अल्पसङ्ख्यक तमिल समुदायका सदस्य मुथैया मुरलीधरनको जीवनमा आधारित रहेर बन्न लागेको दक्षिण भारतिय (तमिल) फिल्म ‘८००’को व्यापक विरोध भएको छ । यो फिल्मलाई युवाहरूलाई प्रेरणा दिने "स्पोर्टस बायोग्राफी" भनिएको छ ।
 
 
किन विरोध भयो ?
"स्पोर्टस बायोग्राफी" भनिएता पनि राजनीतिक रूपमा विवादित व्यक्तिको प्रशंसा गर्न खोजिएको हुन सक्ने अनुमान आलोचकहरूले गरेको हुनसक्ने बीबीसीले लेखेको छ । श्रीलंकामा लामो समय पृथकतावादी तमिल र बहुसङ्ख्यक सिन्हाला समुदायका सुरक्षा फौजबीच युद्ध चलेको थियो । युद्दमा ४०,००० जना सर्वसाधारण तमिलको मृत्यु भएको बताईन्छ ।
 
गत वर्षको राष्ट्रपतीय निर्वाचनमा मुरलीधरनले एकजना प्रतिस्पर्धी गोटाबय राजपक्षलाई समर्थन गरेका थिए । उनले आफुले सन् २००९ मा समाप्त भएको युद्धको खुसियालीमा समर्थन गरेको बताएका थिए । राजपक्ष उनै हुन् जो सरकारले तमिल पृथक्तावादी विद्रोहीहरूलाई सखाप पार्ने गरी चलाएको कारबाहीका बेला श्रीलंकाका रक्षामन्त्री थिए । तमिलनाडुमा विरोध हुनुको प्रमूख कारण यहि रहेको बताईएको छ ।
 
अहिले आईपीएलमा सनराइजर्स हैदराबादको बलिङ्ग कोच रहेका मुरलीधरनले सन् २००८ देखि २०१० सम्म आईपीएल प्रतियोगितामा चेन्नई सुपर किङ्ग्सबाट खेलेका थिए । पछि उनलाई तमिलनाडुको उक्त टीमबाट प्रतिबन्ध लगाईयो । उनिसँगै अन्य श्रीलंकन खेलाडी पनि प्रतिबन्धमा परेका थिए । मुरलीधरनकी श्रीमती पनि तमिलनाडू कै हुन् ।
 
फिल्मलाई गम्भीर रुपमा लिने तमिलनाडूबासीले तमिल समुदायलाई तहसनहस पार्ने सरकारलाई मुरलीधरनले समर्थन गरेको भन्दै तमिलनाडू प्रवेश गर्न नदिने अभियान चलाएका छन् ।
 
यो फिल्ममा मुरलीधरनको भूमिकामा देखिन लागेका विजय सेतुपति पनि अप्ठेरोमा परेका छन् । प्राय: सामाजिक मुद्दामा बोल्दै आएका सेतुपतिको फोटो पोस्टरमा आएसँगै उनि पनि विवादमा तानिएका छन् । मुरलिधरनले भने यो मुद्दामा विजयलाई कुनै अप्ठेरो नपर्ने जनाएका छन् ।
 
टेस्ट क्रिकेटमा उनले ८०० विकेट हात पारेका कारण फिल्मको नाम पनि ‘८००’ राखिएको बताईएको छ ।
Most Visited News (monthly)