Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिरोपन्ती २’ मा टाइगरको जोडी तारा

एजेन्सी, मुम्बई, 2020/10/31
 
अभिनेत्री तारा सुतारियाले फेरि एकपटक एक्सन सुपरस्टार टाइगर श्राफसँग काम गर्ने भएकी छन् । फिल्म ‘हिरोपन्ती’ को दोस्रो भागमा उनीहरुको जोडी बाँधिएको छ । यसअघि यी दुई फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ मा देखिएका थिए । यो ताराको डेब्यू फिल्म थियो । उनले आफ्नो जन्मदिनको महिनामा ‘हिरोपन्ती’ को दोस्रो पार्टमा जोडिन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
 
उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘आफ्नो फेभरेटसँग रियूनाइट । मलाई विश्वास गर्नुभएकोमा साजिद सरलाई धन्यवाद । ‘हिरोपन्ती २’ मा म काम गर्न जाँदैछु । मेरो जन्मदिनको महिनामा योभन्दा राम्रो सुरुवात अरु हुनै सक्दैन ।’ उनले साजिद नाडियाडवालाको नयाँ फिल्ममा पनि काम गरेकी छन्, जुन फिल्मबाट सुनिल शेट्टीका छोरा अहान शेट्टीले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।
 
यो वर्षको सुरुवातमा निर्माता साजिद नाडियाडवालाले फिल्म ‘हिरोपन्ती २’ को घोषणा गरेका थिए । फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् । उनले यसअघि ‘बागी २’ र ‘बागी ३’ को निर्देशन गरेका थिए । सन् २०१४ मा रिलिज भएको फिल्म ‘हिरोपन्ती’ टाइगरको डेब्यू फिल्म थियो । बक्सअफिसमा जबरजस्त व्यापार गरेको यो फिल्ममा उनको एक्सनको निकै प्रशंसा भएको थियो ।
Most Visited News (monthly)