Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको हलिउड फिल्ममा निकको केमियो

एजेन्सी, लण्डन, 2020/12/10
 
पप स्टार निक जोनस आफ्नी श्रीमती एवं अभिनेत्री प्रियंका चोपडासँग हलिउड रोमान्टिक ड्रामा फिल्म ‘टेक्स्ट फर यू’ मा केमियो भूमिकामा देखिने भएका छन् । डेलीमेल डटकम डट यूकेको रिपोर्ट अनुसार, निक र प्रियंका लण्डनमा एक गाडीमा फिल्मको सुटिङ गर्दै देखिएका थिए । यो जोडी एक तनावपूर्ण दृश्यको सुटिङ गर्दै थिए । त्यसबेला प्रियंकाले अपशब्द पनि बोलेकी थिइन् । 
 
केही दिन अगाडि प्रियंकाले इन्स्टाग्राममार्फत आफूले चाँडै नयाँ हलिउड फिल्म ‘टेक्स्ट फर यू’ को छायांंकन सुरु गर्न लागेको जानकारी दिएकी थिइन् । जिम स्ट्राउसद्वारा निर्देशित यो फिल्म जर्मन भाषाको फिल्म ‘एसएमएस फर डिच’ को अंग्रेजी रिमेक हो, जुन सोफी क्रैमरको उपन्यासमा आधारित छ । निकले यसअघि हलिउड फिल्म ‘मिड वे’ मा मुख्य भूमिका निर्वाह गरेका थिए ।
 
सन् २०१८ मा निकसँग विवाह गरेकी प्रियंकाको चाँडै नेटफ्लिक्समा नयाँ फिल्म ‘द व्हाइट टाइगर’ रिलिज हुँदैछ । रमिन बहरानीले निर्देशन गरेको फिल्ममा आफूले निर्वाह गरेको भूमिका अहिलेसम्मकै भिन्न रहेको उनको दाबी छ । फिल्ममा अभिनेता राजकुमार रावको पनि अभिनय रहेको छ । प्रियंका अभिनीत हलिउड सुपरहिरो फिल्म ‘वी क्यान बी हिरोज’ पनि प्रदर्शनको तयारीमा छ । 
Most Visited News (monthly)