Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अन्तिम’ मा सलमान सिख पुलिस

एजेन्सी, मुम्बई, 2020/12/10
 
बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्मको लिस्ट निकै लामो छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दबंग ३’ पछि ‘राधे : योर मोस्ट वान्टेड भाई’ को छायाकनमा व्यस्त रहेका उनले नयाँ फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ’ को पनि छायांकन सुरु गरेका छन् । महेश मान्जरेकरले फिल्मको निर्देशन गरिरहेका छन् । यसमा सलमानका ज्वाईं आयुष शर्माको पनि अभिनय छ । 
 
सलमान ‘अन्तिम’ मा सिख पुलिसको भूमिकामा छन् भने आयुष एक ग्यांगस्टार बनेका छन् । फिल्ममा सलमानको फर्स्टलुक सार्वजनिक भएको छ । आयुषले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै सलमानको लुक सार्वजनिक गरेका हुन् । भिडियोमा सलमानले ब्लू कलरको फर्मल ड्रेस लगाएका छन् भने शिरमा पगडी पहिरिएका छन् । उनको लुक निकै दमदार देखिएको छ ।
 
‘अन्तिम’ हिट मराठी फिल्म ‘मुलशी प्याटर्न’ को हिन्दी रिमेक हो । फिल्म ग्यांगस्टार र पुलिसबीचको लडाईंमा आधारित छ । सलमान र आयुष फिल्ममा एकअर्कासँग भिड्दै देखिनेछन् । उनीहरुले पहिलो पटक एकसाथ काम गरेका हुन् । सुरुमा सलमान यो फिल्ममा केमियो भूमिकामा देखिने चर्चा थियो । पछि स्क्रिप्टमा परिवर्तन गरेपछि उनी मुख्य भूमिकामा देखिन लागेका हुन् । 
 
Most Visited News (monthly)