Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाल सिंह चड्ढा’ बाट हटाइएको हो विजयलाई ?

फिल्मीखबर, मुम्बई, 2020/12/09
 
बलिउड अभिनेता आमिर खान अभिनीत बहुप्रतिक्षीत फिल्म ‘लाल सिंह चड्ढा’ को अहिले छायांकन भइरहेको छ । फिल्ममा साउथ सुपरस्टार विजय सेतुपतिको पनि अभिनय रहने बताइएको थियो । विजय स्वयंले यो कुराको पुष्टि गरेका थिए । तर, अब उनलाई फिल्मबाट निकालिएको भारतीय मिडियाले बताएका छन् । फिल्ममा उनी आमिर खानको साथीको भूमिकामा देखिँदै थिए ।
 
मुम्बई मिररका अनुसार, फिल्मका लागि विजयले आफ्नो तौल निकै कम गर्नुपर्ने थियो । यस विषयमा आमिर र विजयबीच कुराकानी पनि भएको थियो । विजयले तौल घटाउन कडा मेहनत गरेका थिए । तर, उनले अपेक्षा अनुरुप आफ्नो बडी शेपमा ल्याउन नसकेपछि आमिरले उनलाई हटाएको बताइएको छ । यद्यपि, निर्माण टिमले यस विषयमा कुनै जानकारी दिएको छैन । 
 
‘लाल सिंह चड्ढा’ २०२० को क्रिसमसमा रिलिज हुने तयारीमा थियो । तर, कोरोनाका कारण निर्धारित समयमा छायांकन पूरा नहुँदा २०२१ को क्रिसमसलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । फिल्ममा आमिर खानको अपोजिट करीना कपूर खान छिन् । यो फिल्म हलिउडको चर्चित फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । फिल्ममा आमिर खान तीन भिन्न अवतारमा देखिँदैछन् ।
Most Visited News (monthly)