Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

घाटामा हल चलाउन तयार छौं : अशोक शर्मा

फिल्मीखबर, काठमाडौं, 2020/12/15
सिनेमा हलमा ताल्चा लागेको १० महिना भइसकेको छ । कोरोनाको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकारले लकडाउनभन्दा अगाडि नै सिनेमा हल सञ्चालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । तर, केही महिनायता सिनेमा हलभन्दा पनि सुरक्षित मानिएका क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । सिनेमा हलमाथिको प्रतिबन्ध भने फुकुवा हुन सकेको छैन । 
 
फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुले पटक-पटक सरकारका मन्त्रीसँग फिल्म क्षेत्र खुलाउन पहल गरेपनि सरकारले यसतर्फ कुनै चासो देखिएको छैन । आउँदो पत्रकार सम्मेलनमा फिल्म छायांकन खुल्ला भएको घोषणा गर्न लागेको सरकार सिनेमा हल खुलाउन अझै केही समय पर्खिने तयारीमा छ । तर, हल व्यवसायीहरुले पौष १० गतेबाट सिनेमा हल खोल्ने घोषणा गरेका छन् ।
 
 
सोमवार हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले फिल्म क्षेत्रलाई वेवास्ता गरेका कारण पौष १० गतेबाट हल खोल्ने घोषणा गरेको हो । संघका महासचिव अशोक शर्माले सिनेमा हल बन्द गर्न सरकारले बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने बताएका छन् । आफूहरु गिरफ्तार हुन तयार रहेको पनि उनको भनाई छ ।
 
‘मारामार दर्शक आउँछन् भनेर हल खोल्न लागेका होइनौं । हलसम्म दर्शक आउने वातावरण बनाउन हल खोल्न लागेका हौं । कोरोनाको जोखिममा पर्ने सबै क्षेत्र खुलिसके । स्वास्थ्य सुरक्षाका विधि अपनाउन सकिने क्षेत्रलाई चाहिँ सरकारले सञ्चालन अनुमति दिएको छैन । जति छलफल गर्दा पनि सरकारबाट आश्वासन मात्र पाएपछि सिनेमा हल खोल्न बाध्य भएका हौं,’ उनले भने ।
 
एक जना दर्शक आएपनि हल खोल्ने उनले बताए । ‘१० महिना त घाटा बेहोरेर बस्यौं भने अझै केही महिना घाटामा चल्न तयार छौं । ५० प्रतिशत अकुपेन्सीमा हल चलाउँछौं,’ उनले अगाडि भने- ‘तत्काल पुराना फिल्म चलाउँछौं । हलमा दर्शक आउने वातावरण बनेपछि नयाँ फिल्म प्रदर्शन गर्न निर्मातासँग छलफल गर्नेछौं ।’ उनी आफ्नो फिल्म ‘जय भोले’ पुनः प्रदर्शन गर्ने तयारीमा छन् । 
Most Visited News (monthly)