भर्खरै मात्र बैबाहिक बन्धनमा बाँधिएका सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोख्ररेलले आफ्नो बिवाह भोज वृद्धाश्रममा मनाएका छन्। सुरेशले आफ्नी श्रीमती निशा कार्कीको साथमा पशुपती क्षेत्रमा रहेको 'समाज कल्याण केन्द्र' पुगेर करिब १४० जना वृद्ध बुवा-आमाहरुलाई खाना खुवाएका हुन्।

'बिबिध कारणले गर्दा आफ्नो परिवारजनबाट टाढा रहन बाध्य बुवा-आमाहरुलाई खाना खुवाउन पाउँदा हामी निकै खुशी छौं,' निर्देशक पोखरेलले भने, 'साथीभाई र परिवारजनसँगको भोज-भतेरको सट्टा असहाय बुवा-आमाहरुलाई खाना खुवाउने यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरोस् भन्ने आशय हाम्रो हो।'
.jpg)
निर्देशक पोखरेलले बिराटनगर निवासी निशासँग गत मंसिर ५ गते विवाह गरेका थिए। देशमा कोरोनाले आक्रन्त पारिरहेको बेला विवाह गरेका सुरेशले आफ्नो विवाह समारोहमा पनि निकट परिवारलाई मात्र सामेल गराएका थिए। बिगत केही बर्षदेखि अमेरिका बस्दै आएका सुरेश लामो समयदेखि सामाजिक कार्यमा सकृय छन्।

