Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारले खुल्ला गर्‍यो फिल्म छायांकन

फिल्मीखबर, काठमाण्डौ, 2020/12/15
 
कोरोनाका कारण ९ महिनादेखि फिल्म क्षेत्र बन्द छ । सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि फिल्म सम्बन्धि गतिविधि सुचारु गर्ने विषयमा कुनै निर्णय गरेको थिएन । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले फिल्म छायांकन भने खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले शर्तसहित छायांकन अनुमति दिएको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।
 
मन्त्रालयले फिल्म सम्बन्धि गतिविधि खुल्ला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्म छायांकनका लागि अनुमति दिइएको मन्त्री गुरुङ जानकारी दिए । सरकारले अनुमति नदिए पनि दशैंदेखि फिल्मको छायांकन भइरहेका छन् । निर्माणको तयारीमा रहेका फिल्मलाई भने सरकारको यो निर्णयले राहत दिएको छ ।
 
अब फिल्म वा अन्य भिडियो सामाग्रीको छायांकन गर्दा कास्ट एन्ड क्रियूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्नुपर्नेछ । मन्त्री गुरुङले सिनेमा हल खोल्ने विषयमा भने कुनै निर्णय नभएको बताए । उता, नेपाल चलचित्र संघले पुष १० गते शुक्रवारबाट देशभरका सिनेमा हल खोल्ने स्वः घोषणा गरेको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रने तयारीमा समेत चलचित्र संघ छ ।
Most Visited News (monthly)