Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डले सञ्चालनमा ल्यायो ‘चलचित्र प्रोजेक्ट बीमा’

फिल्मीखबर, काठमाडौं, 2020/12/19
 
कोरोनाका कारण विगत १० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रमा विस्तारै चहलपहल सुरु हुन थालेको छ । दशैंदेखि फिल्मको छायांकन भइरहेका छन् । मंगलवारबाट सरकारले पनि छायांकन अनुमति खुल्ला गरेको छ । पुष १० गतेबाट हल व्यवासयीहरुले सिनेमा हल सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । यद्यपि, सरकारले भने सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय गरेको छैन । 
 
यसबीच, लामो समयदेखि बन्द रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउन ‘चलचित्र बीमा सञ्चालन कार्यविधि’ सञ्चालनमा आएको छ । सरकारले छायांकन अनुमति खुल्ला गरेको मितिबाट २०७८ असार मसान्तसम्म फिल्म निर्माणको इजाजत लिने फिल्मका लागि चलचित्र विकास बोर्डले चलचित्र बीमा सञ्चालनमा ल्याएको चलचित्र निर्माता संघले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । 
 
संघका महासचिव रोज राणा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको अप्ठ्यारो परिस्थितिमा केही हदसम्म चलचित्र निर्मातालाई राहत तथा प्रोत्साहन गर्नको लागि नेपाल चलचित्र निर्माता संघको विशेष पहलमा चिलचित्र बिकास वोर्डले चलचित्र प्रोजेक्ट बीमालाई, नेपाल सरकारले छायांकन फुकुवा गरेको मितिबाट २०७८ असार मसान्तसम्मका लागि चलचत्रि निर्माण इजाजत लिइने सिनेमाहरुको हकमा ‘चलचित्र प्रोजेक्ट बीमा कार्यविधि २०७७’ सञ्चालनमा ल्याएको छ ।
 
 
२०७८ असार मसान्तभित्र फिल्म निर्माणको इजाजत लिने फिल्मलाई ‘प्रोजेक्ट बीमा कार्यविधि’ ले निर्देशन गरे बमोजिम एक लाख पचास हजार बीमा शुल्क उपलब्ध हुने निर्माता संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको असरबाट प्रत्यक्ष मारमा परेका फिल्मलाई चलचित्र विकास बोर्डले राहत प्याकेजको घोषणा गर्न लागेको पनि विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
Most Visited News (monthly)