Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

किन चिरञ्जीवीले सोनू सूदलाई पिट्न मानेनन् ?

फिल्मीखबर, काठमाण्डौ, 2020/12/20
 
पर्दामा प्रायः नकारात्मक भूमिकामा देखिने अभिनेता सोनू सूदले लकडाउनको समयमा गरेको कामका कारण उनलाई लिड रोलको अफर आउन थालेको छ । उनको छविलाई हेर्दै अहिले स्क्रिप्टमा समेत परिवर्तन गर्न थालिएको छ । सोनूले शुक्रवार एक अन्तर्वार्तामा साउथ फिल्म ‘आचार्य’ को एक सिनमा सुपरस्टार चिरञ्जीवीले उनलाई पिट्न अस्वीकार गरेको बताएका छन् । 
 
सोनूले भनेका छन्, ‘हामी एक्सन सिक्वेन्सको छायांकन गरिरहेका थियौं । त्यसबेला चिरञ्जीवी सरले भन्नुभयो, ‘फिल्ममा तिमी हुनु हाम्रो लागि सबैभन्दा ठूलो समस्या हो, किनकि म एक्सन सिनमा तिमीलाई पिट्न सक्दिनँ । यदी मैले पिटेँ भने दर्शकले मलाई गाली गर्नेछन् ।’ फिल्ममा अर्को एक सिनमा चिरञ्जीवी सरले ममाथि खुट्टा राख्नुभएको थियो, त्यो सिन फेरि सुट गरिएको थियो ।’ 
 
एक तेलुगु फिल्मका निर्देशकले उनको बदलिएको छविलाई मध्यनजर गर्दै स्क्रिप्टमा परिवर्तन गरेको सोनूले बताएका छन् । सोनू भन्छन्, ‘२०२० ले मेरो पर्सनल र प्रोफेसनल लाइफ पूरै बदलेको छ । अब मलाई हिरोको रोल मिलिरहेको छ । मलाई चार/पाँचवटा निकै राम्रो स्क्रिप्ट आएको छ ।’ लकडाउनमा उनले मुम्बईमा फसेका मजदूरलाई आफ्नै खर्चमा घरसम्म पुर्‍याएका थिए । 
Most Visited News (monthly)