Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यवसायमा अगाडि बढ्ने सोचमा वर्षा

फिल्मीखबर, काठमाडौं, 2021/07/08
 
कोरोना महामारीले नेपाली कलाकारलाई वैकल्पिक पेशा सुरु गर्नुपर्छ भन्ने सोच जन्माएको छ । किनकि, कोभिडका कारण डेढ वर्षपछि खासै गतिलोसँग फिल्म सम्बन्धि गतिविधि भएका छैनन् । दोस्रो चरणको महामारीका कारण अब फिल्म क्षेत्र चलाउनमान हुन कति समय लाग्छ भन्ने निश्चित छैन । फिल्ममै निर्भर धेरै कलाकारलाई यतिबेला जीविकोपार्जन गर्न निकै समस्या भएको छ ।
 
कोरोनाका कारण फिल्म क्षेत्रको काम स्थायी होइन भन्ने बुझेर धेरै कलाकारले वैकल्पिक पेशा रोज्न थालेका छन् । लकडाउनपछि अभिनेत्री सामाज्ञी आरएल शाहले अनलाइन क्लोजिङ स्टोर सञ्चालनमा ल्याएकी छन् । अभिनेत्री दीपिका प्रसाईंले पनि श्रीमान दीवाकर भट्टराईसँग मिलेर वित्तिय सहकारी व्यवसाय सुरु गरेकी छन् । उनी चाँडै बेकरी र क्याफे पनि खोल्न तयारीमा छिन् ।
 
अब अभिनेत्री वर्षा राउत पनि व्यवसायमा अगाडि बढ्ने सोचमा छिन् । विवाह बन्धनमा बाँधिएपछि श्रीमानसँग मिलेर ‘चिया अड्डा’ चलाइरहेकी उनले चाँडै कोरियन रेस्टुरेन्ट खोल्न लागेको बताएकी छन् । ‘कमेडी च्याम्पिन २’ मा श्रीमानसँग अतिथीको रुपमा पुगेकी उनले निषेधाज्ञाको समयमा ‘चिया अड्डा’ लाई विस्तार गर्ने र कोरियन रेस्टुरेन्ट खोल्ने विषयमा प्लानिङ भएको बताइन् ।
 
लकडाउनभन्दा अगाडि वर्षा फिल्म ‘दुई नम्बरी’ को छायांकनमा व्यस्त थिइन् । तर, कोभिड १९ का कारण फिल्मको छायांकन अधुरैमा रोकियो । अब कहिलेबाट सुरु हुन्छ, कुनै टुंगो छैन । उनले साइन गरेको अर्को फिल्म ‘के घर के डेरा’ को छायांकन पनि अन्योलमा छ । डेढ वर्षयता उनले नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन । अब उनको सोच व्यवसायमा अगाडि बढ्ने छ ।
Most Visited News (monthly)