Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6469 - 6474 of 23770
फिल्मीखबर, काठमाडौं, 2021-09-18, शनिवार

२०७७ बैशाख १२ गतेदेखि प्रदर्शनको तयारीमा थियो, फिल्म ‘हिजो आजका कुरा’ । तर, कोरोनाको संक्रमण फैलिनबाट रोक्न सरकारले ०७६ चैत ५ गतेबाटै सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि फिल्म रिलिज रोकियो । निर्माण टिमले प्रचार-प्रसारमा समेत केही रकम खर्च गरिसकेको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुँदा नपाउँदा निर्माता मारमा परेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-09-17, शुक्रवार

कोरोना महामारीअघि हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । किनकि, दशैं विदा फिल्म रिलिजका लागि सबैभन्दा राम्रो समय हो । तर, गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ फिल्म रिलिज हुने भएको छ । फूलपातीपछिको दशैं विदा हत्याउन शुक्रवार फिल्म ‘धन्दागिरी’ ले रिलिज डेट घोषणा गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2021-09-17, शुक्रवार
राजसंस्था, हिन्दु राष्ट्र र २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै नेपाली कलाकारहरु पनि सडकमा उत्रिने भएका छन् । यही असोज ३ गते काठमाडौंको माइतीघर मण्डलामा ‘नेपाली जनता’ नामक संस्थाले राजसंस्था पुनर्स्थापनाको मागसहित गर्न लागेको र्‍यालीमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, अभिनेता शिव श्रेष्ठ र कलाकार राजाराम पौडेल सहभागी हुन लागेका हुन् । 
फिल्मीखबर, काठमाडौं, 2021-09-17, शुक्रवार

संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउड इन्डस्ट्रीमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन ।

फिल्मीखबर, काठमाडौं, 2021-09-16, बिहिवार

इनकम ट्याक्स विभागको टिम बुधवार अचानक अभिनेता सोनू सूदको मुम्बई अफिसमा पुग्यो । आयकर विभागको जाँचपछि भारतीय सञ्चार माध्यममा उनको सम्पत्तिको बारेमा चर्चा सुरु भएको छ । बलिउड फिल्मको हिरो हुन ५५ सय रुपैयाँ लिएर मुम्बई छिरेका उनी आज करीब १ सय ३० करोडका मालिक बनिसकेका छन् । अहिले उनी एक फिल्मका लागि २ करोड बुझ्ने गर्दछन् ।

फिल्मीखबर, काठमाडौं, 2021-09-16, बिहिवार

कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हललाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । तर, नयाँ फिल्म नहुँदा सिनेमा घर खुल्न सकेका छैनन् । अहिले नेपाल चलचित्र संघ, निर्माता संघ लगायतका संघ-संस्थाहरु निरन्तर फिल्म रिलिज गर्न निर्मातासँग छलफलमा छन् । तर, प्रायः निर्माताहरु तत्काल फिल्म रिलिज गरेर करोडौंको लगानीमाथि रिक्स लिने पक्षमा छैनन् ।

Results : 6469 - 6474 of 23770
Most Visited News (monthly)