Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्स ९’ का लागि २० केजी तौल बढाउँँदै पुष्प

फिल्मीखबर, काठमाडौं, 2021/09/21
 
अभिनेता पुष्प खड्का एकपटक फेरि मल्टीस्टारर फिल्ममा काम गर्ने तयारीमा छन् । उनले गत महिना सम्झौता गरेको फिल्म ‘एक्स ९’ मा सौगात मल्लदेखि अनमोल केसीसम्मको अभिनय रहनेछ । अहिले फिल्मका कलाकारहरु जिममा पसिना बगाइरहेका छन् । फिल्ममा तेक्वान्दो शैलीको एक्सन सिक्वेन्स हुने भएकाले पुष्प, सौगात र अनमोलले आफ्नो शरीरलाई ‘हेभी’ बनाउनु पर्नेछ । 
 
चार महिनासम्म चल्ने जिम र एक्सनको तामिलका लागि निर्माण टिमले हरेक कलाकारलाई पर्सनल ट्रेनर उपलब्ध गराएर प्रत्येक दिन तीन घन्टासम्म राजधानीको एक जिम ट्रेनिङ हल भाडामा लिएको छ । जिम ट्रेनिङपछि कलाकारलाई चाहिने ‘डाइट प्लान’ पनि निर्माण टिमले नै उपलब्ध गराएको छ । अबको एक हप्तापछि सौगात, अनमोल र पुष्पले एक्सन तालिम पनि सुरु गर्नेछन् । 
 
पुष्पले फिल्मका लागि आफूले २० केजी तौल बढाउनु पर्ने बताए । हरेक दिन तीन घन्टा जिममा विताउने गरेका उनले तीन हप्तामा चार केजी तौल बढाइसकेका छन् । ‘फिल्ममा एकदमै हेभी फाइटहरु छ । भिलेनहरु पनि एकदमै हेभी हुनेछन् । त्यसैले म पनि शारीरिक रुपमा हेभी देखिनुपर्नेछ । २० केजी तौल बढाउनु भनेको मोटाउनु होइन, शरीरका मसल्सहरु बढाउनु हो,’ उनले भने ।
 
कोरोनाले थलिएको फिल्म इन्डस्ट्रीलाई उठाउनका लागि आफूले मल्टीस्टारर फिल्ममा काम गर्न लागेको उनले बताए । स्क्रिप्ट मन परेको छ र क्यारेक्टरहरु सबै बलियो छ भने मल्टीस्टारर फिल्ममा काम गर्न आपत्ति नभएको उनी बताउँछन् । एक्सन फिल्मप्रति आफ्नो रुची भएकाले ‘एक्स ९’ मा काम गर्न तयार भएको पुष्पको भनाई छ । फिल्मको क्याप्टेनसिप मुकुन्द भट्टले सम्हाल्दैछन् ।
Most Visited News (monthly)