Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिक्री भयो ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स

फिल्मीखबर, काठमाडौं, 2021/12/20
churifuri
 
यही पुष ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको कमेडी फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । फिल्मको अष्ट्रेलिया राइट्स ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले खरिद गरेको हो । आइतवार फिल्मको राइट्स खरिद-बिक्री सम्झौतामा हस्ताक्षर भएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् । यो फिल्मको अष्ट्रेलिया राइट्स महंगोमा बिक्री भएको बताइएको छ ।
 
‘वर्तमान परिप्रेक्ष्यमा महंगो रकममा नै फिल्मको सम्झौता भएको छ,’ निर्देशक आचार्यले भने, ‘उहाँहरुले फिल्मको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । नेपाल प्रदर्शन लगत्तै ‘चुरीफुरी’ अष्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन हुनेछ । अन्य देशहरुमा पनि फिल्मको राइट्स बिक्रीको विषयमा छलफल भइरहेको छ ।’ फिल्मलाई ऋषिराज स्वयंले निर्माण गरेका हुन् ।
 
रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय रहेको फिल्मले जग्गा दलाली र वैदेशिक रोजगारीमा हुने ठगीको कथा उठाएको छ ।
 
निर्देशक ऋषिराजकै लेखन रहेको फिल्मलाई राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो । रिना ढकाल (भण्डारी) पनि निर्माता रहेको फिल्मको सह निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् । फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । 
Most Visited News (monthly)