
आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । पहिलो सम्झौता साइप्रसका वितरकसँग भएको छ । सोमबार निर्माताले साइप्रसका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री गरेका हुन् । भदौ ८ गते साइप्रसमा फिल्मको विशेष प्रदर्शनी हुने निर्मात्री पूजा गुरुङले जानकारी दिइन् ।
छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित यस फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मलाई ओम प्रतीकले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा उनी स्वयंको पनि अभिनय रहेको छ ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ हुन् । अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह-निर्मातामा छन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।

