Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘तिरिमिरी झ्याइँ’बाट हिरो बन्दै ‘दले दाइ’

फिल्मीखबर, काठमाडौं, 2026/07/09

tirimire jhyai

 

‘दले दाइ’को रूपमा परिचित हास्य कलाकार सुमन कोइराला अब फिल्मका हिरो बन्ने भएका छन् । उनले फिल्म ‘तिरिमिरी झ्याइँ’बाट डेब्यू गर्न लागेका हुन् । यो फिल्मको बिहीबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा वैदिक विधिअनुसार पूजाआजा गर्दै शुभ मुहूर्त गरियो । फिल्मको छायांकन भने यही असार २९ गतेबाट सुरु हुने जनाइएको छ । 

समीरको डेब्यू निर्देशनमा बन्न लागेको यस फिल्ममा सुमनसहित धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्मलाई होराइजन मोसन पिक्चर्सको ब्यानरमा प्रद्युम्न बोगटी (प्रवीन)ले निर्माण गर्नेछन् ।

भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह-निर्माता रहेको फिल्मको कथा तथा कन्सेप्ट आभास अधिकारीको हो । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले पटकथा तथा संवाद तयार पारेका हुन् । फिल्मलाई विशाल कक्षपतिको छायांकन गर्नेछन् । संगीत भने अभिषेक कार्कीको रहनेछ ।

मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले फिल्मले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने र हास्यव्यङ्ग्यको नयाँ अनुभव दिने दाबी गरे । निर्माता बोगटीले एउटा उत्कृष्ट कमेडी फिल्म बनाउने उद्देश्यका साथ निर्माण अघि बढाइएको बताए । कथाकार तथा कार्यकारी निर्माता आभास अधिकारीले समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिने जानकारी दिए ।