Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा थुप्रिए फिल्म, कृष्ण जन्माष्टमीमा ‘चंगुल’ आउने

फिल्मीखबर, काठमाडौं, 2026/07/06

CHANGUL

 

आगामी भदौमा फिल्म रिलिजको चाप उच्च छ । यो महिना एक दर्जन फिल्म प्रदर्शनको तयारीमा छन् । अब भदौमा अर्को एक थपिएको छ, ‘चंगुल’ । यो फिल्म भदौ १९ गते प्रदर्शनमा आउन लागेको हो । सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । यो मितिमा ‘स्टेशन’, ‘ककाकिकी’ र ‘बा: एक योद्धा’ पनि प्रदर्शन हुँदैछन् ।

राम गौतमको निर्देशनमा बनेको ‘चंगुल’मा रवि कार्की, लय संग्रौला, लक्ष्मिनाथ तिमल्सिना, राकेश कुमार राई, आशा बिसी, स्वस्तिका लामिछाने, मारिम्शा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । मालती कार्की निर्माता रहेको फिल्ममा दिपेन्द्र बस्न्यातको छायांकन तथा सम्पादन छ । फिल्मको लेखन रवि कार्कीले गरेका हुन् ।

निर्देशक गौतमका अनुसार फिल्ममा जेनजी आन्दोलनअघि र त्यसपछिको अवस्थालाई मुख्य विषयवस्तु बनाइएको छ । भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यसपछिको युवा जागरणलाई फिल्ममा समेटिएको उनले बताए । जेनजी आन्दोलनमा ज्याउन गुमाउने सहिदको सम्मानका लागि भदौमा फिल्म रिलिज गर्न लागिएको उनको भनाइ छ ।