Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा भित्रिए रिहान

फिल्मीखबर, काठमाडौं, 2026/06/29

ryhaan giri

 

‘द ब्लू लाइट’का निर्देशक बलिराम चौहानको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा मुख्य अभिनेताको टुंगो लागेको छ । निर्माता कम्पनी स्काइफल पिक्चर्सले गायन पृष्ठभूमिका रिहान गिरीलाई फिल्ममा अनुबन्धित गरेको जनाएको छ । यसै साता निर्देशक चौहान र गिरीबीच लिखित सम्झौता भएको हो । 

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा भाग लिएपछि चर्चामा आएका रिहानले फिल्म ‘होस्टेल ३’बाट अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले ‘आहुति’ नामक फिल्ममा अभिनय गरे, जुन प्रदर्शन हुन बाँकी छ । उनले केही दिनअघि मात्र नयाँ फिल्म ‘छ माया छपक्कै २’को छायांकन सकाएका छन् । उनको पाइपलाइनमा ‘तिमी मेरो म तिम्रो’ फिल्म पनि छ ।

भोलानाथ कटुवाल निर्माता रहेको फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले तयार पारेका छन् । फिल्मको दशैंअघि नै छायांकन सुरु गर्ने तयारी गरिएको छ । निर्देशक चौहानका अनुसार अहिले कलाकार र प्राविधिक छनोटको काम भइरहेको छ । फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष, र स्वतन्त्रताको कथा भन्ने जनाइएको छ ।

Most Visited News (monthly)