Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अक्षरा’को फर्स्टलुक : गहिरो सोचमा न्यान्सी

फिल्मीखबर, काठमाडौं, 2026/06/28

akshyara

 

तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् । यसले उनको पात्र अक्षरा कुनै गम्भीर समस्यासँग जुधिरहेको संकेत गर्छ । 

पोस्टरको पृष्ठभूमिमा भने पात बिनाका दुई रुखहरू र सूर्य अस्ताउन लागेको दृश्य देख्न सकिन्छ । यसले अक्षरा पात्रको एक्लोपन, निराशा, वियोग, र अनिश्चित भविष्यलाई प्रतिबिम्बित गरेको छ । उज्यालो विस्तारै हराउँदै जाँदा अब के हुन्छ भन्ने अनिश्चितता र दुविधालाई पोस्टरले प्रतीकात्मक रूपमा व्यक्त गरेको देखिन्छ । 

न्यान्सीले ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । उनी चाँडै अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’मा पनि देखिँदैछिन् । सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा आमसञ्चार विषयमा अध्ययन गरेकी न्यान्सीले सन् २०२२ मा ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि जितेकी थिइन् । 

विनय राज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जनलगायतका कलाकारहरूको अभिनय रहेको छ । सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको फिल्मका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् । फिल्ममा दिपेन बस्न्यातको छायांकन रहेको छ । 

Most Visited News (monthly)