Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जितुको फिल्मको व्यापार ३१ लाख, ‘लालीबजार’ र ‘रोल नं. १’को कति ?

फिल्मीखबर, काठमाडौं, 2026/06/29

lalibazar

 

अभिनेता जितु नेपालको लगानीमा बनेको फिल्म ‘आइएम जितबहादुर’ बक्स अफिसमा कमजोर देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार १४ असार (आइतबार)सम्म फिल्मले ३१ लाख ७ हजार ६९२ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिसम्म फिल्मका ९ हजार ६२६ वटा टिकट बिक्री भएका छन् । 

असार ५ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिन १ सय हाराहारी शो पाएको थियो । तर, ‘वर्ड अफ माउथ’ बलियो नहुँदा फिल्मको दोस्रो दिन नै धेरै शो गुम्यो । दोस्रो सातामा आइपुग्दा फिल्मको ९५ प्रतिशत शो गुमिसकेको छ । सम्भवतः यसै साताबाट फिल्म सम्पूर्ण हलबाट उत्रिने देखिन्छ । फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाएका छैनन् । 

यस वर्षको पहिलो सुपरहिट फिल्म ‘लालीबजार’ले भने १४ असारसम्म ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ । यो फिल्मको पछिल्लो सात दिनको कमाइ ३ लाख ६३ हजार १८५ रुपैयाँ छ । आइतबारसम्म फिल्मका ३ लाख १६ हजार ९३० वटा टिकट बिक्री भएका छन् । यो फिल्मले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरिसकेको छ ।

त्यस्तै, जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले आइतबारसम्म ६५ हजार ३०५ वटा टिकट बिक्री गर्दै १ करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ ग्रस कमाएको छ । यसको अघिल्लो आइतबार (७ असार)सम्मको कमाइ १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस थियो । अर्थात्, फिल्मले पछिल्लो सात दिनमा १३ लाख ४९ हजार २७० रुपैयाँ कमाइ थपेको छ । 

Most Visited News (monthly)