Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकको मागपछि ‘आ बाट आमा २’मा मलिकाको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2026/05/31

malika mahat

 

लामो समयदेखि दर्शकले ठूलो पर्दामा हेर्न चाहेको जोडी हो, पल शाह र मलिका महत । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको यो जोडीलाई फिल्ममा पनि ल्याउन दर्शकहरूले निरन्तर माग गर्दै आएका थिए । केही निर्माताले प्रयास गरेका पनि थिए, तर सफल हुन सकेन । अब भने ‘पीएम’ जोडीका प्रशंसकका लागि खुसीको खबर छ । 

यही साता (१८ जेठ)देखि छायांकन सुरु हुन लागेको फिल्म ‘आ बाट आमा २’मा पल र मलिका एकसाथ देखिने भएका छन् । आइतबार निर्माता तथा निर्देशक चन्द्र पन्तले मलिकालाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । पल भने यसअघि नै फिल्ममा अनुबन्ध भइसकेका छन् । अब मलिकाको प्रवेशसँगै दर्शकहरूमा फिल्मप्रति थप उत्साह बढेको छ । 

तर, निर्माताले मलिकाको जोडी कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराएका छैनन् । फिल्ममा पलसहित आकाश श्रेष्ठ र सविन श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ । यी तीन अभिनेताका लागि मलिकासहित रिश्ता गुरूङ र निकिता आचार्यलाई अनुबन्धित गरिएकाले कसको जोडी को हुनेछ भन्नेबारे दर्शकहरू अन्योलमा परेका छन् । निर्माताले पनि यो विषयलाई रहस्यमै राखेका छन् ।

दशैंको अवसर पारेर असोज ३० गते (फूलपातिको अघिल्लो दिन)बाट प्रदर्शनमा आउने यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, गजित विष्ट, दीलिप ओखेडा, नरेन खड्कालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यो फिल्म अघिल्लो वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो ।