Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

फिल्मीखबर, काठमाडौं, 2026/05/01

sushil sitaula

 

यतिबेला नेपाली फिल्ममा चरित्र अभिनेताको रूपमा सबैभन्दा बढी खोजी र माग कसैको भइरहेको छ भने त्यो सुशील सिटौलाको हो । हप्तैपिच्छे उनी नयाँ फिल्ममा अनुबन्धित हुनुले पनि उनको माग प्रस्ट दर्शाउँछ । केही साताअघि उनी फिल्म ‘पाँच पाण्डव’को छायांकनमा जोडिएका थिए । आज शुक्रबार उनको नयाँ फिल्म ‘अक्षरा’को शुभ मुहूर्त गरिएको छ । 

अब उनी अर्को फिल्ममा अनुबन्धित भएका छन् । यही वैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्म ‘महाराजधिराज’मा उनको प्रवेश भएको हो । उनीसँग बिहीबार निर्माता विराज विष्टले लिखित सम्झौता गरेका हुन् । फिल्मको एक महत्त्वपूर्ण भूमिकामा उनलाई अनुबन्धित गरिएको निर्माता विष्टले जानकारी दिए । तर, सुशीलको भूमिकाबारे भने उनले खुलाएका छैनन् । 

परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा सुशीलसहित पुष्प खड्का, केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट लगायतको अभिनय रहनेछ । फिल्मको कथा पुष्पले निभाउने अधिराज पात्रको वरिपरि घुम्ने बताइएको छ । 

नवराज थापाको छायांकन रहने फिल्मका निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गर्न लागिएको यस फिल्मलाई काठमाडौं, भक्तपुर र कीर्तिपुरमा पनि खिचिने जनाइएको छ । आगामी असारभित्र छायांकन सकेर फिल्मलाई यसपालिको दशैंको फूलपातीमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।